|

सल्यान : बाल विवाहको अभियोगमा मन्डपबाटै सल्यानमा एक जोडीको विवाह रोकिएको छ। बिहीबार बाल विवाह भइरहेको सूचनाका आधारमा इलाका प्रहरी कार्यालय लुहामबाट गएको प्रहरी टोलीले विवाह मन्डपबाटै बेहुला बेहुलीलाई नियन्त्रणमा लिएको हो। 

जिल्लाको शारदा नगरपालिका एक शान्तिनगरका १९ वर्षीय श्यामबहादुर नेपाली (नाम परिवर्तन) र बनगाड कुपिण्डे नगरपालिका- ५ कि १७ वर्षीय यमुना बुढाथोकी (नाम परिवर्तन) बीच छायाछेत्र छत्रेश्वरी मन्दिरमा विवाह भइरहेका बेला मन्डपबाटै प्रहरीले नियन्त्रणमा लिएको थियाे। उनीहरू दुवै जनालाई आफन्तको जिम्मा लगाइएको इलाका प्रहरी कार्यालय लुहामका प्रमुख लक्ष्मण डाँगीले बताए। 

विवाह गर्ने उमेर पुगेपछि मात्र विवाह गर्ने दुवै पक्षको सहमतिपछि उनीहरूलाई आफन्तको जिम्मा लगाइएको प्रहरीले जानकारी दिएको छ। विगत केही वर्षदेखि प्रेममा परेका यी जोडी केही दिनअघि घरबाट भागेका थिए। सल्यानमा उमेर नै नपुगी विवाह गर्नेको संख्या बढिरहेको तथ्यांक छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.