|

काठमाडौं : प्रमुख प्रशासनिक केन्द्र सिंहदरबारमा सुर्तीजन्य पदार्थ लैजान नपाइने भएको छ। स्वास्थ्य मन्त्रालयको अनुरोधमा प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालय र गृहमन्त्रालयले सिंहदराबार परिसरलाई सुर्तीजन्य पदार्थ निषेधित क्षेत्र बनाउन तयार भएका हुन्।

स्वास्थ्य राज्यमन्त्री पद्मा अर्यालले प्रधानमन्त्री कार्यालय र गृहमन्त्रालयसँग परामर्श गरेपछि सिंहदरबार परिसरमा सुर्तीजन्य पदार्थ निषेध गर्न पत्राचार गरिएको उनका स्वकीय सचिव राजेश शर्माले जानकारी दिए। उनका अनुसार मन्त्रालयले दुई दिनअघि दुवै निकायलाई पत्रचार गरेको छ।

मन्त्रालयका तर्फबाट शाखा अधिकृत कृष्णप्रसाद शर्मा सुवेदीले हस्ताक्षर गरेको पत्रमा सुर्तीजन्य पदार्थ नियन्त्रण र नियमन गर्ने ऐन २०६८ अनुसार सिंहदरबार परिसरलाई सुर्तीजन्य पदार्थ निषेधित क्षेत्र घोषणा गरी बिक्री वितरण, ओसारपसार र प्रयोगमा बन्देज लगाउन र सोको कार्यान्वयन एवं अनुगमन गर्न अनुरोध गरिएको छ। पत्रमा बैशाख २५ को सचिवस्तरीय निर्णय भएको उल्लेख छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.