|

काठमाडौं : सरकारले गरिब तथा निमुखा जनताको औषधोपचारका लागि दिँदै आएको सहयोग रकम चार महिनामै सकेको छ। रकम अभावले उपचार सहायता सेवा नै बन्द हुने तयारीमा पुगको छ। सरकाले गम्भीर आठ प्रकारका रोग लागेका गरिबलाई ‘विपन्न नागरिक औषधि उपचार कोष’मार्फत सहयोग दिँदै आएको थियो।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोषका लागि आउने पैसा औजार, उपकरण खरिदमा खर्च गर्दा सेवा बन्द हुने चरणमा पुगेका हो। मन्त्रालयले विपन्नका नामका विगतदेखि नै अपुग रकम, त्यो पन उधारो सहमिति गर्दै आएको स्वास्थ्य सेवा विभाग व्यवस्थापन महाशाखाको गुनासो छ।

चालु आर्थिक वर्षमा सरकाले विपन्न नागरिक औषधि उपचार सहायताका लागि एक अर्ब १८ करोड ९० लाख रुपैयाँ विनियोजना गरेको थियो।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.