|
तस्बिर : भीमप्रसाद गुरुङ

गोरखा : जिल्लाको धार्चे गाउँपालिका ५ को गुम्दा गाउँमा अज्ञात रोगले धमाधम घरपालुवा कुखुरा मरेका छन्। एक महिना यता गाउँका २६० घरधुरीमा पालिएका कुखुरा मरेको स्थानीय भीमप्रसाद गुरुङले जानकारी दिए। 

‘कुखुरा मर्न थालेको एक महिना भयो’ गुरुङले भने ‘यहाँ २६० घर छ। प्राय सबैको घरमा १०÷१५ वटा कुखुरा हुन्छ। ति सबै घरको सबै कुखुरा मरेका छन्। कुखुराहरु झोक्राउने, हरियो र सेतो रङ्गको पातलो दिसा गर्छ अनि भक्लक्कै भइहाल्छ।’ केही दिन अघि माछा खोला पशु सेवा कार्यालयबाट प्राविधक गएर उपचार गरेपनि सफल नभएको उनले जानकारी दिए।

कुखुरा मरेपछि सुत्केरी, गर्भवती आमाहरुले मासु खान नपाएको बताए। ‘सुत्केरी, गर्भवती आमाहरुले मासु खानै पाएको छैन’ उनले भने ‘सबैको घरमा हुने, मन लागेको बेलामा च्याट्ट काट्यो खायो गथ्र्याे। अहिले छैन। अण्डा पनि हुन्थ्यो। बाहिरबाट आउने मान्छेहरुलाई बेचेर पैसा पनि पनि लिन्थ्यो। अहिले सबै ठप्पै भयो।’ सोही प्रकारको रोग गुम्दा पछि सिंग्ला, यमगाउँ, लप्सीबोट गाउँमा पनि पैmलिएको उनले जानकारी दिए। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.