|

सुर्खेत :  प्रहरीले कर्णाली प्रदेशको राजधानी रहेको सुर्खेतमा अपराधमा न्यूनीकरण गर्नका लागि सक्रियता देखाएको छ।

समाजमा हुने गरेका विविध प्रकारका अपराधिक र अपराध उन्मुख गतिविधिहरुको नियन्त्रण गर्नका लागि प्रहरी सक्रिय भएको हो।  अवैध रुपमा खेलीने जुवातास, अवैधरुपमा उत्पादन र बिक्री वितरण गरिने मदिरा,लागु औषध लगायत ठगीका घटनाहरु नियन्त्रण गर्नका लागि प्रहरीले सक्रियता बढाएको हो।

कर्णाली प्रदेशको राजधानी घोषणा भएसँगै सुर्खेतमा मान्छको चाप पनि बढेको छ। आर्थीक, सामाजिक, क्षेत्रमा नयाँ चुनौतीहरु बढेका छन्। अपराधिक क्षेत्रमा नयाँ प्रकारका चुनौती थपिएका छन्।  चुनौतीहरुलाई मत्थर पार्नको लागि सुर्खेत प्रहरीले सक्रियता बढाईरहेको सुर्खेत प्रहरी प्रमुख प्रहरी उपरिक्षक उमाप्रसाद चर्तुवेदीको भनाइ छ। यो हप्ता मात्रै सुर्खेत प्रहरीले विभिन्न प्रकारका अपराधिक गतिविधिलाई नियन्त्रणका लागि सक्रियता देखाएको छ।

मदिरा नियन्त्रण अपरेशन

प्रहरीले ‘एरिया मदिरा नियन्त्रण अपरेसन’ सञ्चालन गरेको छ। मदिराकै कारण समाजमा धेरै हिंसात्मक घटना र शान्ति सुरक्षामा खलल पुगे पछि प्रहरीले अभियान संचालन गरेको हो।

जिल्ला प्रहरी कार्यालय सुर्खेत र मातहतका प्रहरी युनिटमा कार्यरत नेपाल प्रहरीले ६ महिनादेखि अपरेशन थालेको हो। कर्णाली प्रदेशमा अवैध रुपमा उत्पादन, बिक्री एवं वितरण भइरहेको मदिरा नियन्त्रण गरी समाजमा शान्ति सुरक्षा कायम गर्न अपरेशन सञ्चालन गरिएको प्रहरी उपरीक्षक उमाप्रसाद चतुर्वेदीले जानकारी दिए। 

सुर्खेतको वीरेन्द्रनगर नगरपालिकासहित यहाँका नौवटै स्थानीय तहमा अपरेशन सञ्चालन गरेका छौँ, यसले घरेलु मदिरा नियन्त्रणमा बल पुग्नेछ उनले भने। अपरेशनका क्रममा घरेलु मदिरा र त्यसका लागि प्रयोग गरिएका भाँडा वर्तन बरामद गरिएको छ। 

प्रहरी उपरीक्षक चतुर्वेदीले हालसम्म १३ हजार लिटर घरेलु मदिरा नष्ट गरिएको बताए। पछिल्लो केही समययता प्रहरीले अपरेशन क्लिन–२ नामबाट ‘अवैध मदिरा नियन्त्रण’ अभियान सञ्चालन गर्दैआएको छ।

घरेलु मदिराका कारण गाँऊ बस्तीमा विभिन्न खाले हिंसात्माक घटना घटीरहेका छन। गत मंगलवार मात्रै मदिरा कै कारण श्रीमती र छोरीद्धारा बाबुको घाँटी थिचेर हत्या भएको खबर सार्वजनिक भएको थियो। पहिलोपटक मदिरा बिक्रीवितरणका लागि रोक लगाउन सुचना गरेको र अर्को पटक कार्बाहीको प्रक्रिया थालनी गरेको प्रहरीले जनाएको छ। बरामद भएको मदिरा स्थानीय जनप्रतिनिधि र नागरिक हरुको रोहवरमा नष्ट गरिएको छ। 

जुवा तासमा प्रहरीको निशाना

प्रहरीले विभिन्न स्थलबाट जुवातास खेल्दै गरेका विभिन्न व्यक्तिलाई पक्राउ गरेको छ। जुवा तास खेलीरहेका स्थानीय नेता देखी सामान्य अवस्थाका यूवाहरु रहेका छन्।  पछिल्लो समयमा सुर्खेतको वीरेन्द्रनगर नगरपालिका–९ लाटिकोईली स्थित काँग्रेस नेताको घरमा जुवा खेलिरहेका तिन जना जुवाडे र उनीहरुको साथबाट ३४ हजार ५ सय नगद बरामद गरेको थियो। कर्णाली प्रदेशका मुख्यमन्त्रीका स्वकीय सचिव भने विरबहादुर कुँवर भने भाग्न सफल भए पनि उनको मोवाईल  र नगद प्रहरीले बरामद गरेको थियो।

त्यसको लगत्तै सुर्खेत भैरवस्थानको एक होटलबाट जुवा खेलीरहेको अवस्थामा पाँच जना जुवाडेलाई प्रहरीले पक्राउ गरेको थियो। उनिहरुबाट तासका गड्डी सहित मोबाईल र नगद ४९ हजार ३० रुपैंया नगद पनि बरामद गरेको थियो।                    

लागुऔषधसहित पक्राउ

सुर्खेतमा पटक पटक लागु औषध सहित लागु औषधका कारोवारी र प्रयोग कर्ता पक्राउ पर्दै आएका छन्।
दिन प्रति दिन लागु औषधका प्रयोग कर्ताहरुको संख्या पनि बढिरहेको पटक पटक सार्वजनीक हुदै आएको छ। पटक पटक लागुऔषध सहित कारोबारी र प्रयाेगकर्ता पक्राऊ पर्दै जानुले पनि त्यसको पुष्टी गर्दछ।

पछिल्लो पटक सुर्खेतको वीरेन्द्रनगरनगरपालिका १, तल्लो धारापानीमा बस्ने बर्ष २६ को कमल गिरीले लागु औषध सहित पक्राउ परेका छन्। निजले हातमा लुकाई राखेको अबस्थामा ३०० मि.ग्रा. (९ पुडिया) लागु औषध (ब्राउन सुगर सहित) बरामत गरि नियन्त्रणमा लिएको प्रहरी जनाएको छ। उनलाई लागुऔषध सम्बन्धि मुद्धा दर्ता गरि आवश्यक अनुसन्धान भईरहेको सुर्खेत प्रहरी प्रमुख चर्तुवेदीले बताए।

ठगी गर्न खोज्ने पक्राउ

सुर्खेतमा कुनै प्रक्रिया विना नै नेपाल प्रहरी मा जागिर लगाईदिन्छु भनि ठगी गर्न खाज्ने  एक जनालाई प्रहरीले पक्राउ गर्यो। दाङ्गको तुल्सिपुर उपमहानगरपालिका ५ का ५१ वर्षिय पशुपति खत्रिले आफ्नो सिधै प्रहरी प्रधान कार्यालयका प्रहरी अधिकृतहरुसंग चिनजान रहेकोले प्रहरीमा जागिर खुवाईदिने भन्दै पैसा समेत मागेर ठगी गर्न खोजेको सुराकीको आधारमा पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय सुर्खेतले जनाएको छ।

वीरेन्द्रनगर नगरपालिका ६ हटियालाईनको पुजा लोकप्रिय होटलमा चार जना युवाबाट निजहरुको शैक्षिक प्रमाण पत्र, फोटो र प्रति ब्यक्ति रु.२५००० लिन लागेको सुराकीको आधारमा पक्राउ गरिएको हो।

खत्रीले पहुचको आधारमा कुनै पनि प्रक्रिया बिना नै आउदो जेष्ठ महिनाको पहिलो हप्ता भित्र प्रहरीमा भर्ना गरि तालिम समाबेश गराउने भन्दै २५-२५ हजार पेश्की स्वरुप रकम लिन लागेको अवस्थाम प्रहरीले पक्राउ गरेको हो। ठगी गर्न खोज्ने पशुपति खत्रिलाई हिरासतमा राखि आबश्यक अनुसन्धान भईरहेकोे प्रहरीको भनाइ छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.