जनकपुर : भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले जनकपुरस्थित जानकी मन्दिरमा विशेष पूजा गरेका छन्।
मोदीले जानकी मन्दिरमा षोडसोपचार विधिबाट विशेष पूजाअर्चना गरेका हुन्। मन्त्रको प्रधानता रहेको यो पूजा जानकी मन्दिरमा आउने विशिष्ट अतिथिलाई मात्र गराइने परम्परा छ।
जानकी मन्दिरका महन्त रामतपेश्वर दास वैष्णवका अनुसार यसअघि सो मन्दिरमा भारतका राष्ट्रपतिहरू नीलम सञ्जीवा रेड्डी, ज्ञानी जैल सिंह र प्रणव मुखर्जीलाई सो विधिबाट पूजा गराइएको थियो।
तपाईंको ईमेल गोप्य राखिनेछ ।