|

जनकपुर : नेपालको दुईदिने राजकीय भ्रमणका लागि भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी धनुषा जिल्लाको जनकपुर आइपुगेका छन्। एअर इन्डियाको विशेष विमानबाट भारतको पटना हुँदै प्रधानमन्त्री मोदी शुक्रबार बिहान १०:४५ बजे जनकपुर विमानस्थलमा आइपुगेका हुन्।

उनलाई रक्षामन्त्री ईश्वर पोखरेल, प्रदेश नं २ का मुख्यमन्त्री लालबाबु रावत, प्रदेश नं २ का सभामुख सरोजकुमार यादव, प्रदेश सरकारका मन्त्रीहरु, प्रदेशसभाका सदस्यहरु, जनकपुर उपमहानगरपालिकाका प्रमुख लालकिशोर साह, विभिन्न राजनीतिक दलका प्रतिनिधिहरु, नेपालका लागि भारतीय राजदूत मञ्जिभसिंह पुरी लगायतले स्वागत गरेका थिए। प्रधानमन्त्री मोदीलाई स्थानीय साँस्कृतिक झाँकी तथा बाजागाजासहित स्वागत गरिएको थियो।

भारतीय प्रधानमन्त्री मोदी विमानस्थलबाट जानकी मन्दिरमा हुने पुजाअर्चना तथा अन्य कार्यक्रमका लागि प्रस्थान गरेका छन्। प्रधानमन्त्री केपी शर्मा ओली र उनका भारतीय समकक्षी मोदीले संयुक्तरुपमा रामायण सर्किटको उद्घाटन गर्ने र  त्यसपछि मोदीलाई बाह्रबिघा मैदानमा नागरिक अभिनन्दन गरिनेछ।

जनकपुरको एतिहासिक बारहबिघा रङ्भुमी मैदानमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदिको नागरिक अभिनन्दनस्थल बारह बिघाको मन्चमा उद्योगमन्त्री मातृका यादव, यातायात मन्त्री रघुवीर महासेठ, पूर्वगृहमन्त्री विमलेन्द्र निधि, संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादव, राजपा नेपालका अध्यक्ष राजेन्द्र महतोलगायत उपस्थित भइसकेका छन्।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.