|

काठमाडौं : भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी दुईदिने नेपाल भ्रमणका लागि जनकपुर आइपुगेका छन्। उनी एअर इन्डियाको विशेष विमानबाट भारतको पटना हुँदै बिहान १०ः४५ बजे जनकपुर आइपुगेका हुन्। उनको स्वागतका लागि नेपालका प्रधानमन्त्री केपी शर्मा ओली जनकपुर पुगे। उनले भारतीय समकक्षी मोदीलाई स्वागत गरिसकेका छन्। 

प्रधानमन्त्री ओली भारतीय समकक्षीको स्वागतका लागि धोती र ढाका टोपी र गम्छासहित जनकपुर पुगेका थिए।  भौगोलिक हिसाबले विविधता रहेको नेपालमा भूगोलको  आधारमा आफ्नै किसिमको पहिरन छ। भूगोलको हिसाबले हिमाल, पहाड, तराई  रहेको नेपालमा पर्यटकीय सम्भावना पनि भूगोलअनुसार फरक–फरक छ। प्रधानमन्त्री ओलीले लगाएको पहिरनले पनि यही भूगोलको प्रतिनिधित्व गर्छ। धोती(कुर्ता), पाइजामाले मधेशको प्रतिनिधित्व गर्छ। नेपालको पूर्वी तराईदेखि पश्चिम तराईसम्मका स्थानीयले यही पहिरन लगाउने गर्छन्। 

यस्तै, हिमाल र पहाडको पहिरनमध्येको एक हो ढाका टोपी। नेपालीको पहिचानको रूपमा परिचित ढाका टोपी हिमाल र पहाडका नेपालीले लगाउने गर्छन्। ढाका टोपीसँगै दौरा सुरुवाल पनि नेपालको पहिचान गराउनेमध्येको एक हो। 

प्रधानमन्त्री ओलीको पहिरनले हिमाल, पहाड र तराईका समग्र नेपालीको मनलाई एकअर्कामा यसरी नै जोड्ने संकेत दिन्छ। २०७२ सालमा नेपालको संविधान जारी भएपछि मधेशका जनता आफूहरूको अधिकार नसमेटिएको भन्दै आन्दोलनमा थिए। उनीहरूले संविधान जारी नगर्न दबाब दिँदै आन्दोलन गरेका थिए। तर, ३ असोजमा संविधान जारी भएपछि मधेसकेन्द्रित दलहरू संविधान संशोधनमार्फत आफूहरूका माग समेट्नुपर्ने माग गर्दै आन्दोलमा उत्रिए।

उनीहरू तत्कालीन समयमा एमालेप्रति निक्कै नकारात्मक देखिन्थे। भर्खरै मात्र एमालेबाट उम्मेदवार बनेर राष्ट्रपति तबनेकी विद्यादेवी भण्डारीमाथि पनि खनिएका थिए।  २०७२ साल पुसमा विवाह पञ्चमकीको अवसरका क्रममा जनकपुर पुगेकी राष्ट्रपति भण्डारीमाथि दुर्व्यवहारसमेत गरेका थिए। 

तत्कालीन समयमा ओली नै प्रधानमन्त्री थिए। संविधान संशोधनमा ओली बाधक बनेको भन्दै मधेश केन्द्रित दलहरूले ओलीको विरोध गरे। त्यसपछि ओली मधेश विरोधी भएको अरोप लाग्ने गरेको थियो। त्यसपछि ओलीले पनि मधेशको विरोधमा चर्का भाषण पनि गरेका थिए। तर, पछिल्लो समय ओली केही मधेशप्रति केही नरम देखिएका छन्। उनी पछिल्लो समय संविधान संशोधनमा पनि केही लचिलो भएका छन्। 

पछिल्लो समय मधेशप्रति नरम देखिनुको अर्को उदाहरण बनेको छ, ओलीको पहिरन। उनको यो पहिरनले मधेप्रति उनीविरुद्ध भएको मधेश विरोधिको प्रचार चिर्न सक्ने बताइन्छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.