|

मुस्ताङ : दुईदिने नेपाल भ्रमणमा आएका  भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी शनिबार मुक्तिनाथ मन्दिरमा विशेष पूजाआजाका लागि आउने भएसँगै यहाँको सुरक्षा व्यवस्था कडा पारिएको छ।

स्वागतका लागि ठाउँ-ठाउँमा स्वागतद्वार बनाइएको छ। हेलिकोप्टर अवतरणका लागि मुक्तिनाथ मन्दिर परिसरमा पाँचवटा हेलिप्याड बनाइएको छ। हेलिप्याडबाट मन्दिर पुग्न बाह्रगुङ मुक्तिक्षेत्र गाउँपालिका कार्यालयले ६०० मिटर रातो कार्पेट लगाउने तयारी गरेको मुस्ताङका प्रमुख जिल्ला अधिकारी शिशिर पौडेलले जानकारी दिए।

यस्तै, हेलिप्याडदेखि मन्दिरको मूल ढोकासम्म ६ वटा स्वागतद्वार निर्माण गरिएका छन्। मन्दिरनजिकै विश्रामस्थलका रूपमा विशिष्ठ अतिथि कक्षसमेत तयार गरिएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत दीपक रेग्मीले जानकारी दिए। प्रधानमन्त्री मोदी मुस्ताङमा झण्डै १ घण्टा रहने मन्दिरमा विशेष पूजाआजा गरेपछि काठमाडौं फर्कने कार्यक्रम छ।

 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.