|

जनकपुरधाम : भारतीय प्रधानमन्त्री नरन्द्र मोदीले जानकी मन्दिरको आगन्तुक मन्दिर पुस्तिकामा आफ्नो धेरै अघिको इच्छा पूरा भएको उल्लेख गर्दै खुसी व्यक्त गरेका छन्। दुई दिने नेपाल भ्रमणको क्रममा रहेका मोदीले जनकपुरधामस्थित जानकी मन्दिरमा पूजापाठ तथा दर्शनपछि आगन्तुक पुस्तिकामा आफ्नो जनकपुरधाम यात्रा गर्ने धेरै पहिलाको ईच्छा पूरा भएको उल्लेख गरेका छन्।

'जनकपुरधामकाे यात्रा गर्ने पुरानाे र्इच्छा अाज पूरा भएकाे छ। भारत र नेपालका तिर्थयात्रीहरूको विशेष महत्त्व राख्ने यस तिर्थस्थलको यात्रा मेरा लागि यादगार अनुभव हाे। अाज मेराे स्वागतमा खटिएको नेपाल र जनकपुर वासीप्रति अाभारी छु। जनकपुरवासी र नेपाली जनताको शान्ति, प्रगति र समृद्धिका लागि भारतीय जनताको तर्फबाट म हार्दिक शुभकामना प्रकट गर्दछु', जानकी मन्दिरको पुस्तिकमा उल्लेख गरेका छन्।


हिन्दीमा - 'जनकपुर धामकी यात्रा करनेकी मेरी बहुत पुरानी इच्छा आज पूरी हुई । भारत और नेपालके लोगो के दिलो मे विशेष महत्व राख्नेवाले इस तीर्थस्थल की यात्रा मेरे लिए एक यादगार अनुभव है।  आज यहाँ मेरे गर्मजोशी भरे स्वागत के लिए नेपाल सरकार और जनकपुरके लोगो का आभारी हुँ । जनकपुरवासी और नेपालके सभी लोगो के जीवन मे शांति प्रगति और समृद्धि के लिए, मै भारतकी लोगो की ओर से हार्दिक शुभकामनाए प्रकट करता हुँ।'

जय सिया राम

(नरेन्द्र मोदी)

प्रधानमन्त्री

भारत गणराज्य
 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.