|

काठमाडौं : दुर्गम क्षेत्रका स्थानीय तहमा कर्मचारीको अभाव भइरहेका बेला धेरैजसो निजामती कर्मचारीले ती स्थानमा जान मानेका छैनन्।

दुर्गम क्षेत्रका स्थानीय तहमा कामकाज गरेका अधिकांश कर्मचारीले सुगम स्थानीय तहमा मात्र काम गर्न सरकारसँग निवेदन दिएसँगै दुर्गम स्थानीय तहमा काम गर्ने कर्मचारीको  अभाव झनै हुने भएको हो।

सरकारले गत वैशाख १९ गतेभित्र १५ दिनको सार्वजनिक सूचना जारी गरी स्थानीय तहमा कामकाज गर्न कार्यालय रोज्ने समयावधि निर्धारण गरेको थियाे। त्यस समयसीमाभित्र निवेदन दिने अधिकांश कर्मचारीले सुगम क्षेत्रका स्थानीय तहमा काम गर्न पाऊ भनी माग गरेको संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले जनाएको छ। 

अहिलेसम्म मन्त्रालयमा १६ जिल्लाबाट कर्मचारीको निवेदन संकलन भई मन्त्रालयमा आएको छ। बाँकी जिल्लाबाट आउनेक्रम जारी छ। निवेदन आएका अधिकांश जिल्लाका कर्मचारीले सुगम स्थानीय तह मात्र रोजेका छन्। 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.