छापा

जनशक्ति अभावको बहानामा बनेनन् ४१ कानुनका मस्यौदा
SHARES

बैशाख २९, २०७५

    काठमाडौं : संविधान जारी भएको तीन वर्षभित्र मौलिक हकसम्बन्धी कानुनले पूर्णता पाइसक्नुपर्ने भए पनि अझै ४१ वटा कानुन निर्माणकै चरणमा छन्। कानुन न्याय तथा संसदीय मामिला मन्त्रालयले सम्बन्धित मन्त्रालयहरूलाई आठपटक ताकेता गरिसक्दा पनि अझै मस्यौदा बन्न सकेको छैन।

    कानुन मस्यौदा तयार गर्ने जनशक्ति अभावका कारण ढिलाइ भइरहेको कानुनमन्त्री शेरबहादुर तामाङले बताए। ‘कानुनको ड्राफ्टको काम भइरहेको छ भन्ने मन्त्रालयहरूले जानकारी गराएका छन्,’ मन्त्री तामाङले भने, ‘निर्माण भइसकेका ड्राफ्ट पूरा भएपछि संसद् बैठकमा छलफलका लागि पेस गरिनेछ।’

    कानुन मन्त्रालयले गत १० चैतमा विभिन्न मन्त्रालयलाई १५ दिनभित्र कानुनको मस्यौदा तयार पारेर पेस गर्न आग्रह गरेको थियो। तर, सम्बन्धित मन्त्रालयले जनशक्ति अभावका कारण मस्यौदा निर्माणमा ढिलाइ भएको जानकारी गराएका छन्। संविधानअनुसार आगामी ५ असोजभित्र कानुनले पूर्णता पाइसक्नुपर्नेछ।

नयाँ पत्रिका

राजधानी काठमाडौंबाट प्रकाशित ब्रोडसिट दैनिक पत्रिका हो ।

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल-thahakhabar16@gmail.com
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: mkt.thahakhabar@gmail.com

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]