|

काठमाडौं  प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल–भारतबीच रहेका सबै समस्यालाई आगामी सेप्टेम्बर १९ भित्र सम्बोधन गर्ने सहमति भारतसँग भएको बताएका छन्।

समस्या समाधानका लागि छिट्टै दुवै देशका परराष्ट्रसचिवले कार्य प्रारम्भ गर्नेसमेत उनले बताए। ‘सबै समस्या समाधान गर्ने सहमति भएको छ, जुन दिन संविधान दिवस पर्छ अर्थात राष्ट्रिय दिवस। दुवै देशका परराष्ट्रसचिवले यसमा काम गर्नेछन्,’ शुक्रबार नेपाल–भारत द्विपक्षीय बैठक सम्पन्न भएपछि आयोजित संयुक्त पत्रकार सम्मेलनमा ओलीले भने।

 प्रधानमन्त्ती ओलीले भारतीय प्रधानमन्त्रीसँग द्विपक्षीय बैठकमा नेपाललाई आवश्यक थप चारवटा हवाई मार्गबारे छलफल भएको जानकारी दिए। उनले यी हवाईमार्ग थपिनेमा आफू आशावादी रहेको समेत बताए। ‘नेपाल र भारत दुै स्वतन्त्र र अन्तरनिर्भर छन्। नेपाल र भारतबीच भएका सबै सन्धिसम्झाैता कार्यान्वयनलाई प्रभावकारी रुपमा अघि बढाउने कुरामा हामी सहमत भएका छौं’ ओलीले भने। 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.