|

सोलुखुम्बु : पत्रकार डोमा शेर्पा बिहीबार राति आधार शिविरबाट सगरमाथाको चुचुरोतर्फ प्रस्थान गरेकी छन्। उनले सबै कुराले साथ दिएमा बैशाख ३१ मै सफल आरोहण गर्ने बताइन्।

पहिलो महिला शेर्पा पत्रकारको रूपमा सगरमाथा आरोहणको अभियानमा रहकी शेर्पाले बैशाख ३१ गते सगरमाथाको चुचुरोमा पाइला टेक्ने तयारी रहेको बताइन्। क्याम्प तीन सम्म पुग्दा आफूलाई कुनै समस्या नरहेको शेर्पाको भनाइ छ। गत चैत २७ मा काठमाडौबाट आरोहणको यात्रा सुरु गरेकी उनी बैशाख ६ गते आधार शिविर पुगेकी थिइन्।

सगरमाथा आरोहणको पूर्वतयारी अनुरुप उनी बैशाख ९ मा क्याम्प एक र बैशाख १६ मा क्याम्प तीनसम्म पुगेर पुनः आधार शिविरमा फर्केकी थिइन्। मौसमको प्रतिकूलताका कारण एक साताअघिदेखि अधिकांश आरोही आधार शिविरमा झरेको पर्यटन विभागले जनाएको छ।

पत्रकार डोमा शेर्पाको सहयोगी तीन पटकसम्म सगरमाथाको सफल आरोहण गरिसकेका छोङ्बा शेर्पा रहेका छन्। उनी पायोनियर एडभेञ्चर प्रालिबाट सगरमाथा आरोहण गर्दैछिन््। उनले यसअघि सोलुखुम्बुमै रहेको आइसल्याण्ड पिक सफल रुपमा आरोहण गरिसकेकी छन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.