|

पाल्पाः पाल्पाको साविक हेक्लाङ्ग गाविस–६ की २५ वर्षकी बिनु पुलामी मगरको हत्याका अभियुक्त दिपेन्द्र बश्याललाई सर्वश्वसहित जन्मकैदको फैसला सुनाइएको छ। जिल्ला अदालत पाल्पाका न्यायधीश शंकरराज बरालको इजलाशले उनलाई सर्वश्वसहित जन्म कैदको फैसला सुनाइएको हो। 

मुलुकी ऐन १३ (३) नम्बर बमोजिम दिपेन्द्रलाई सर्वश्वसहित जन्मकैदको फैसला सुनाइएको अदालतका तहशीलदार भेषराज खनालले बताए। झण्डै दुइवर्षमा विनु हत्याकाण्डको टुंगो लागेको हो।  जिल्लाको साविक ताँहु गाविस–७ फुरुङ्गदीका २५ वर्षिय दिपेन्द्रले २०७३ साल असोज २८ गते विनुको हत्या गरेको पुष्टी भएको छ। तर विनुको शव भने २०७३ साल कार्तिक ४ गते साविकको हुँगी गाविस वडा नं. २ अर्सेदी स्थीत कालीगण्डकीको पानीमा रहेको ढुंगामा अड्किएको अवस्थामा फेला परेको थियो।

 यस्तै अदालतले उनका बुबा लक्ष्मण बश्याल र आमा पार्वती शर्मा बश्याललाई ६ महिनाको कैदको फैसला सुनाएको छ। मुलुकी ऐन १७ (३) नम्बर बमोजिम ६ महिना कैदको फैसला सुनाइएको तहशीलदार खनालले बताए। यद्यपि उनीहरुको भने कैद भुक्तान भइसकेको छ। खनालका अनुसार उनीहरु घट्नाको पुर्पक्षका लागि सात महिना थुनामा बसिसकेका छन्। 

 लक्ष्मण बश्याल साविकको हेक्लाङ– ८ स्थीत जनप्रिय माध्यमिक विद्यालयका प्रधानाध्यापक हुन भने पार्वती सोही विद्यालय पढाउने स्थायी शिक्षिका हुन। दिपेन्द्र जिल्ला शिक्षा कार्यालयका शव इन्जियिनर पदमा रहेर काम गर्दै आएका थिए।  विनुले घट्ना घट्नुभन्दा झण्डै चार वर्ष पहिले दिपेन्द्र बस्यालसँग अन्तरजातीय बिहे गरेकी थिइन । छोराको अन्तरजातिय विवाह दिपेन्द्रका बाबा आमाले स्वीकार गर्न मानेका थिएनन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.