|

सिन्धुली : सिन्धुलीको कमलामाई नगरपालिका-२ हीरापानीमा शनिबार माइक्रो बसले मोटरसाइकललाई ठक्कर दिँदा एकजनाको घटनास्थमै मृत्यु भएको छ भने एकजना गम्भीर घाइते भएका छन्। काठमाडौंबाट झापा जाँदै गरेको बा ५ ख ७४० नम्बरको माइक्रो बसले बा ७४ प ४९२९ नम्बरको मोटरसाइकलाई आभेरटेक गर्न खोज्दा दुर्घटना भएको प्रहरीले जनाएको छ।

दुर्घटनमा परी माेटरसाइकल चालक दुधौली नगरपालिका ६ हर्साहीका २० वर्षीय अन्जत कुँवरको मृत्यु भएको छ। गम्भीर घाइते दुधौली नगरपालिका ५ हर्साहीकै २२ वर्षीय गणेश थनेत रहेको जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रहरी निरीक्षक सन्तोषकुमार श्रेष्ठले जानकारी दिए।

गम्भीर घाइते थनेतलाई थप उपचारका लागी काठमाडौं पठाउने तयारी भइरहेको जिल्ला अस्पतालले जानकारी दिएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.