|

संखुवासभा : संखुवासभाको मकालु गाउँपालिकामा निर्माणाधीन राष्ट्रिय गौरबको बहुचर्चित परियोजना अरुण तेस्रो जलविद्युत् आयोजनाको शिलान्यसपछि स्थानीयमा  खुसियाली छाएको छ। प्रधानमन्त्री केपी शर्मा ओली र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले संयुक्त रुपमा शुक्रबार राजधानीको द्वारिकाज होटलबाट भिडियो कन्फरेन्स गर्दै स्वीच थिचेर संयुक्त रुपमा शिलान्यास गरेका थिए।

२०४२ सालदेखि चर्चा चलेकको भए पनि राजनीतिक विवादका कारण ९०० मेगावाटको यो राष्ट्रिय गौरवको परियोजना पटक-पटक स्थगित हुँदै आएको थियो। चर्चा पाएको २२ वर्षपछि नेपाल र भारतका प्रधानमन्त्रीले संयुक्त रुपमा उक्त आयोजनाको शिलान्यास गरेसँगै यहाँका स्थानीयमा नयाँ आशा पलाएको छ। 

आयोजनाको शिलान्यासको सराहना गर्दै यहाँका स्थानीयवासीले उक्त परियोजनालाई समयसीमाभित्रै सक्न सरकारलाई खबरदारी पनि गरेका छन्। संखुवासभाका प्रदेशसभा सदस्य पूर्णप्रसाद राईले शिलान्यास मात्र ठूलो कुरा नभएको भन्दै निर्धारित समयसीमाभित्र अरुण तेश्रो बन्नुपर्ने बताए। दुई देशका उच्च पदस्थले शिलान्यास गरेपछि निर्माण कार्यले पनि गती लिने विश्वास बढेको स्थानीय जनप्रतिनिधिको भनाइ छ।

लगानी बोर्ड र सतलज कम्पनीसँग गरिएको (पिडीए) कार्यान्वयन नभएकोमा दुखेसो पोखे। स्थानीयहरूको समस्याको हल नभए आयोजनाले गती लिनेमा शंका ब्यक्त गरे। यो आयोजनाले संखुवासभा मात्र नभएर नेपालनै समृद्घितर्फ लम्कनेमा आफ्नो दुई मत नरहेको सांसद उनको भनाइ छ।

अर्का प्रतिनिधि सभा सदस्य राजेन्द्र गौतमले कसैले बम पड्काउदैमा आयोजना नरोकिने र सरकारले कडा सुरक्षा दिएर समयभन्दा अघिनै सम्पन्न गराउने दाबी गरे। परियोजनाका कामहरू सुरु भइसके पनि केही सुरुवाती चरणमा नै पिडिएमा सम्झौता गरिएअनुसार स्थानीय जनशक्तिको प्रयोग नगरिएकोले आपत्ती जनाए ।
 
अरुण तेश्रोको शिलान्यासको हेर्न ड्याम साईड निर्माण स्थल फ्याक्सीन्दा दोभान पुगेका नुमका बलराम कटुवालले यो आयोजना बनिनु गौरबको भएको भन्दै प्रभाबित क्षेत्रका आदीवासी जनजाति युवाहरुको रोगारीको सुनिश्चित नभएकोमा गुनासो गरे। जिल्लाका जनप्रतिनिधीहरूले आयोजनाको शिलान्यास भएपछि द्रुत गतीमा आयोजनको निर्माण सम्पन्न गर्ने दवाव दिनु पर्ने उनी बताउँछन्। 

पाँच वर्षमा निर्माण सम्पन्न गर्ने लक्ष्य राखिएको अरुण तेस्रो परियोजनाबाट ९०० मेगावट विद्युत उत्पादन हुने छ। आयोजना निर्माणका लागि एक खर्व २० अर्व रुपैयाँ लागत लाग्ने अनुमान गरिएको छ। भारतीय विद्युत निर्माण कम्पनी सतलज जल बिद्युत निगमले आयोजनाका लागि अहिले सडक, ड्याम साइड, पावर हाउस, सुरुङ मार्ग निर्माणको कार्य सुरु गरिसकेको छ । 

प्रभावित परिवारलाई आयोजनाले ३० युनिटका दरले निःशुल्क विद्युत् उपलब्ध गराउने सम्झौता भएको छ। आयोजनाले दुई सय ६९ परिवारको घर तथा जग्गा अधिग्रहण गरेर करिब एक अर्ब २९ करोड रुपैयाँ मुआब्जा पनि बाँडिसकेको छ। यस आयोजनाबाट नेपालले २५ वर्षमा ३ सय ४० अर्व रोयल्टी, निःशुल्क बिजुली, आय कर, भ्याट र भन्सार शुल्कबाट लाभ हुने छ। आयोजना निर्मार्णको क्रममा तीन हजार स्थानीयलाई प्रत्यक्ष रोजगारीको अवसर दिने, सीप नभएका स्थानीयलाई तालिम दिने लगायतका व्यवस्था पिडिएमा उल्लेख गरिएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.