|

सुर्खेत : सुर्खेतको काँक्रेविहार जंगलमा भेटीएको महिला शवको पहिचान खुलेको छ। मृतक महिला दैलेख भागवतीमाई गाउँपालिका ५ स्थायी ठेगाना भई हाल जिल्ला सुर्खेत बीरेन्द्र नगरपालिका नाैस्थित हिरालाल शर्माको घरमा डेरा गरी बस्ने भीमप्रसाद जैशीकी श्रीमती धर्मशिला जैशी रहेको प्रहरीले जनाएको छ।

बीरेन्द्रनगर नगरपालिका १० स्थित नयाँ गाउँ नजिकै जंगलमा उक्त शव भेटिएको थियो। स्थानीयले शनिबार बिहान मृतक महिलाको शव देखेपछि प्रहरीलाई खबर गरेका थिए। घटनाबारे अहिल्यै केही भन्न नसकिने र थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रहरी निरीक्षक शंकर श्रेष्ठले बताए। प्रारम्भिक अनुसन्धान गरी शव पोष्टमार्टमका लागि मध्यपश्चिमाञ्चल क्षेत्रीय अस्पताल कालागाउँमा राखिएको प्रहरीले बताएकाे छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.