|

प्यूठान : महेन्द्रनगरबाट नगरबाट प्यूठान हिडेको बस दुर्घटना हुँदा पाँच जनाको मृत्यु भएको छ। 

महेन्द्रनगरबाट छुटेको ना ४ ख १८७६ नम्बरको बस भालुबाङ प्यूठान सडकखण्डको सरुमरानीमा दुर्घटना हुँदा ५ जनाको मृत्यु भएको र अन्य २२ जना घाइते भएको प्युठान प्रहरी कार्यालय प्रमुख डीएसपी राजेन्द्र पोखरेलले थाहाखबरलाई बताए। 

मृत्यम मध्ये चालक कैलालीका बिरबहादुर थारुको पहिचान भइसकेको र एक मृतक महिला बसमा च्यापिएको हुँनाले त्यसलाई बसलाई काटेर बाहिर निकाल्ने काम भइरहेको समेत उनले जानकारी दिए। 

घाइते मध्ये गम्भिर पाँच जनालाई लुम्बिनी अस्पताल पठाइएको र अन्य १७ जनाको प्युठानको बिजुवार अस्पतालमा उपचार भइरहेको समेत उनले बताए। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.