|

काठमाडौं : जेलमा रहेका एक कैदीले कैदमुक्त हुन अदालतको नक्कली फैसला पेश गरेका छन्। लागूऔषध मुद्दामा केन्द्रीय कारागार जगन्नाथदेवलमा कैद भुक्तान गरिरहेका सुनिल तामाङले सर्वोच्च अदालतबाट हुँदै नभएको फैसला बनाएर कारागार प्रशासनमा पेश गरेका हुन्।

सुनिललाई काभ्रे घर भई सामाखुसी बस्ने भाइ नानु तामाङले सर्वोच्चको फैसला भन्दै फोटोकपी जेलमै बुझाएका थिए। उनको फैसला गरेका भनिएका न्यायाधीशले भने वैशाख २० गते नै अवकाश पाइसकेका थिए। 

तामाङले आफू एक वर्षअघि नै छुट्न पाउनुपर्ने भन्दै कारागार प्रशासनमा पत्र बुझाएपछि जाँच गर्दा फैसला नक्कली भएको खुलेको हो। तामाङले बुझाएको नक्कली फैसलामा न्यायाधीशद्वय प्रेम शर्मा र देवेन्द्रगोपाल श्रेष्ठको संयुक्त इजलासले वैशाख २० गते फैसला सुनाएको उल्लेख छ। 

नक्कली फैसला भेटिएपछि कारागारका निमित्त कार्यालय प्रमुख श्रवणकुमा साहले सवोृच्चले पठाएको पत्रमा शंका लागेको भन्दै आधिकारिकता मागेका थिए। सर्वोच्चले आफ्नो रेकर्डमा यो फैसला नभएको भन्दै तुरुन्त अनुसन्धान गरी कारबाही गर्न निर्देशन दिएको छ।  

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.