|

काठमाडौं : लामो समयदेखि यातायात क्षेत्रमा रहेको सिन्डिकेट खारेजपछि सरकार अब सवारीमा बढी भाडा लिनेमाथि कारबाही गर्न केन्द्रीत भएको छ।

सार्वजनिक सवारीमा यात्रुसँग बढी भाडा लिने गरेको गुनासो आउन थालेपछि यातायात ब्यवस्था विभागले यस विषयमा अनुगमन गर्न थालेको हो। सार्वजनिक सवारीमा यात्रुसँग बढी भाडा लिनेमाथि कडा कारबाही गर्ने विभागले जनाएको छ ।

विभागका प्रवक्ता तुलसीराम अर्यालले भने, ‘सर्वसाधारणसँग बढी भाडा लिनेलाई कडा कारबाही गर्छौ।’ अनुगमनका क्रममा क्रमशः १३, १७ र १८ रुपैंयाँ भाडा कायम गरिएको दुरीमा खुद्रा पैसा छैन भन्दै फिर्ता नदिने गरेको पाइएको र त्यस्ता सवारीवालाई तुरुन्तै नियन्त्रणमा लिई कारबाही गर्ने गरेको प्रवक्ता अर्यालले बताए। विभागले बढी भाडा लिनेमाथि कारवाही गरी १ करोड राजस्व संकलन गरेको छ भने त्यसमध्ये २ लाख ९ हजार असुल उपर गरिसकेको छ । 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.