|

चितवन : चितवनमा रहेको भरतपुर विमानस्थल साँघुरो बन्दै गएको छ। 

बढ्दो शहरीकरण, हवाईचाप वृद्धि र पर्याप्त जग्गाको अभावका कारण विमानस्थल साँघुरो बन्दै गएको हो। तत्कालिन हवाई सेवा विभागअन्तरगतको भरतपुर हवाई कार्यालयका रुपमा २०१८ सालदेखि सेवा सुरु भएको विमानस्थलमा पछिल्लो समय हवाई चाप बढ्दै गएको छ। 

विमानस्थल साँघुरो बन्दै गएपछि क्षेत्र बढाउन प्रयास भएको थियो तर क्षमता विस्तारका लागि प्रभावकारी पहल हुन सकेको छैन। विमानस्थल नजिकै रहेको सेनाको घोडा फाराम रहेको क्षेत्र माग गरिएको भए पनि सेनाले अनुमति नदिएको नागरिक उड्यन  कार्यालय भरतपुरका प्रमुख पवन गौतमले बताए। २०७२ सालमा पत्र पठाइएको जानकारी दिँदै उनले सेनाले तत्कालै हुन नसक्ने जानकारी गराएको बताए। 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.