|

तनहुँ : तनहुँमा आइतबार बिहानै कुकर बम भेटिएको छ। पृथ्वी राजमार्ग स्थित व्यास नगरपालिका ३ र ५ जोड्ने मादीको पुलको बिच भागमा कुकर बम भेटिएको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी नायब उपरीक्षक सुनिल मल्लले जानकारी दिए। मल्लका अनुसार झोलामा कुकर देखिएको छ, उक्त बम राखिएको क्षेत्रमा प्रहरी र आर्मीका सुरक्षाकर्मीले सर्वसाधारणलाई आवातजावतमा रोक लगाएको छ। 

पुलको बीच भागमा झोलामा राखिएको कुकर बम डिस्पोज गर्न आर्मीका डिस्पोजल टोली आउदै छन् मल्लले भने त्यसैले जिल्लाका अन्य भागमा सुरक्षा कडा पारिएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.