|

कञ्चनपुर : बजारमा बेवारिसे अबस्थामा फेला परेको सुनका गहनाले भरिएको व्याग फिर्ता गरिएको छ।

 कञ्चनपुरको शुक्लाफाँटा नगरपालीका १० झलारी बजारका पसल सञ्चालक गंगादत्त भट्टले फेला पारेको सुनका गहनाले भरिएको व्याग गहना धनीलाई फिर्ता गरेका हुन्।  तीन तोला सुन र लताकपडाले भरिएको व्याग भित्र पाईएको विलका आधारमा भट्टले गहना धनीको खोजी गरी व्याग सकुसल शनिवार बुझाएका छन्। भतिजाको दुलहीका लागि सुनको हार, चैन, कानमा लगाउने टप लगायतका गहना खरिद गरेर घर आउने क्रममा व्याग नै हरायो गहना धनी कमल सिंह ऐरले भने, ‘धेरै खोजे भेटाउन सकिन, पाउने आशानै मारिसकेको थिए।’ 

 ‘विवाह हुने दिन आएपछि दुलहीका लागि खरिद गरिएका गहना हराए पछि नयाँ गहना खरिद गर्ने क्षमता थिएन, पसल सञ्चालक भट्टले गहना फेला पारी बुझाए पछि खुसिको सीमानै रहेन्’ उनले भने। पसलधनी भट्टलाई भगवान नै ठानेर हृयद देखिनै कृतज्ञता ज्ञापन गरे ।  उनले भने, ‘उनी मेरा लागि भगवानै हुन।’ पसल सञ्चालक भट्टले हराएको सामान भेटाए पछि गहना धनीलाई बुझाएर आफनो कर्तव्य मात्रै पुरा गरेको बताए। 

सबै जनाले इमान्दारीता देखाए देशलाई अगाडी बढाउन सकिने उनको भनाई रहेको छ। भट्ट नेपाली सेनाका सेवानिवृत सुवेदार हुन्। 
 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.