|

तनहुँ : घिरिङ गाउँपालिका–३ की एक युवतीले वडाध्यक्ष झकबहादुर कुमालले आफूलाई बलात्कार गरेको आरोप लगाएकी छिन्। वडाध्यक्ष कुमाल भने फरार छन्। गत बिहीबार बेलुका नवलपरासी स्थित बर्दघाट सुस्तापूर्व जंगलमा लगेर वडाध्यक्ष कुमालले आफूलाई बलात्कार गरेको युवतीको आरोप छ। 

वैैदेशिक रोजगारमा रहेका श्रीमानले पठाएका पैसा लिएर बैकबाट घर फर्किने क्रममा आउने क्रममा पछि लागेका कुमालले घर लगिदिने बहानामा मोटरसाइकलमा राखेर जंगलमा लगी बलात्कार गरेको युवतीको आरोप छ। 

घटना पश्चात वडाध्यक्षले  युवतीलाई घटना सार्वजनिक नगर्न दबाब दिँदै आएका थिए। लगत्तै घटना सार्वजनिक हुने भएपछि वडाध्यक्ष कुमाल भने सम्पर्कविहीन भएका छन्। 

किशोरीले शुक्रबार जिल्ला प्रहरी कार्यालय तनहुँमा जाहेरी दर्ता गराएकी छिन्। पीडित किशोरीले आफन्तहरुको सहयोगमा बिहीबार राति नै जाहेरी दर्ता गराउन दमौलीस्थित जिल्ला प्रहरी कार्यालयमा आएकी थिइन्। पीडित किशोरीले जाहेरी दर्ता गरे पनि जिल्ला प्रहरी कार्यालय तनहुँले भने पीडित महिलाको बयान संकलन गरी घटना नवलपरासीमा भएको भन्दै सम्बन्धित जिल्लामा पठाएको बताएको छ।

जिल्ला प्रहरी कार्यालय तनहुँकी महिला बालबालिका सेवा केन्द्रकी प्रमुख एवं प्रहरी निरीक्षक कृष्ण बस्यालले घटना नवलपरासीस्थित वर्दघाट सुस्तापूर्वको भएका कारण जाहेरी लिएपश्चात् मेडिकल गरी कानुनी प्रक्रियाका लागि पठाइएको जानकारी दिइन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.