|

काठमाडौं : फिल्म ‘शत्रु गते'ले प्रदर्शनको ५१ औँ दिन पार गरेको छ। सोही अवसर पारेर निर्माण युनिटले एक कार्यक्रमको आयोजना गर्दै खुसीयाली साटेको छ। निर्माण पक्षले रात्रि भोजको आयोजना गर्दै फिल्म टिम, फिल्मकर्मी र मिडियाकर्मीसँग खुसीयाली साटेको हो।

इमाडोलस्थित इन्द्रेणी ब्यान्केटमा आयोजित कार्यक्रममा फिल्म युनिटले सहयोगीलाई मायाको चिनोसमेत प्रदान गरेको थियो। सफलता सेलिब्रेसन कार्यक्रममा धेरै फिल्मकर्मी, पत्रकार तथा आफन्तहरूको उपस्थिति रहेको थियो। कार्यक्रममा अभिनेता शिव श्रेष्ठ, दीलिप रायमाझी, केशव भट्टराई, संगीतकार शम्भुजित बास्कोटा, सञ्चारकर्मी रवी लामिछाने, नरेश भट्टराई, चलचित्र पत्रकार संघका अध्यक्ष सन्दीप सापकोटा, चलचित्र संघका अध्यक्ष प्रदीपकुमार उदय, चलचित्र निर्माता संघका अध्यक्ष आकाश अधिकारीलगायतको उपस्थिति रहेको थियो।

फिल्मले प्रदर्शनको ५१ औँ दिन पार गरेकोमा खुसी व्यक्त गर्दै निर्माता तथा कलाकार मदनकृष्ण श्रेष्ठले फिल्मसँग जोडिएका सबैलाई धन्यवाद दिए। उनले भने, ‘फिल्म दर्शकको 'टेस्ट'अनुसार निर्माण गरिएछ, त्यसैले यो सफलता पाइयो। आउँदा दिनमा पनि दर्शककै रूचीअनुसारको फिल्म बनाउने कोसिस गर्नेछौँ।’

त्यस्तै फिल्मका निर्माता तथा कलकार हरिवंश आचार्यले पनि फिल्म सफल बनाउने सम्पूर्ण सहयोगीमा धन्यवाद दिए। ‘जुन सोचअनुसार हामीले काम थालेका थियौँ, त्यो आज पूरा भएको छ’ हरिवंश भन्छन्, ‘अब हाम्रो ब्यानरले आउँदा दिनमा अझै राम्रो फिल्म दर्शक समक्ष ल्याउनेछ।’

फिल्मलाई ‘जात्रा’ डेब्यू निर्देशक प्रदीप भट्टाराईले निर्देशन गरेका हुन्। फिल्ममा मदनकृष्ण श्रेष्ठ, हरिवंश आचार्य, किरण केसी, दीपकराज गिरी, दीपाश्री निरौला, पल शाह, प्रियंका कार्की, आँचल शर्मा, राजाराम पौडेल, शिवहरी पौडेल, बसुन्धरा भुषाल, रमेश रंजन झालगायतको अभिनय रहेको छ। मह सञ्चारको ब्यनारमा निर्माण भएको यस फिल्मका प्रस्तुतकर्ता किरण केसी हुन्।

थप फोटो : 

फोटो : बिबेक बस्याल

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.