समाज

मदिरा र लागूऔषधविरुद्ध बाँके प्रशासनकाे रणनीतिक योजना
SHARES

बैशाख ३०, २०७५

    बाँके : सूर्ती तथा सूर्तीजन्य वस्तु नियन्त्रण ऐन कार्यान्वयनमा ल्याउन बाँके प्रशासनले कडाइ गर्ने भएको छ। ऐन कार्यान्वयनमा प्रशासन मौन भएको गुनासो आएपछि प्रशासनले कडाइ गर्न रणनीतिक योजना बनाएको हो।

    सूर्ती तथा सूर्तीजन्य वस्तु नियन्त्रण ऐन कार्यान्वयनसँगै लागूऔषध र मादक पदार्थ विक्री, वितरण तथा प्रयोगमा समेत कडाइ गरिने बाँकेका प्रमुख जिल्ला अधिकारी रमेशकुमार केसीले जानकारी दिए। लागूऔषध र मादक पदार्थ नियन्त्रणका लागि रणनीति बनाएर अभियान थालिने जनाए। ऐनले तोकेको सवै सार्वजनिक स्थलमा शत प्रतिशत ऐन कार्यान्वयन गराई लागूऔषध र मादक पदार्थ नियन्त्रण तथा व्यवस्थित गर्न तत्परताका साथ अगाडि बढेको प्रमुख जिल्ला अधिकारी केसीले बताए। उनले सूर्तीजन्य वस्तु घरमा बाहेक अन्यत्र प्रयोग नभएको दावी गरे।

    सार्वजनिक स्थलमा सूर्तीजन्य वस्तु बिक्री र प्रयोग गरेको पाइए नियन्त्रणमा लिएर कारवाही प्रक्रिया अगाडि बढाउन प्रहरीलाई निर्देशन दिइसकेको उनले बताए। ‘गृहमन्त्री ज्यूको कडा निर्देशन आएको छ, निर्देशन पालना गर्न रणनीतिक योजना बनाएर अभियान थाल्ने भएका छौँ,’ उनले भने।  

    सूचना अधिकारी एवम् प्रशासकीय अधिकृत खगेन्द्र पौडेल संयोजक रहेको समितिले रणनीतिक योजना तयार पारेर अन्तिम रुप दिने तयारीमा रहेको केसीले जानकारी दिए। ‘लागूऔषध र मदिराले अपराधिक गतिविधि बढाउने, स्वच्छ जनशक्ति उत्पादनमा अवरोध सिर्जना गर्ने र विभिन्न थरिका रोग निम्त्याई स्वास्थ्य क्षेत्रमा असर पारेको छ,’ उनले भने। उनले रणनीतिक योजना तयार भएपछि मदिरा र लागूऔषध नियन्त्रणमा कडाई गरिने स्पष्ट पारे। ‘ऐन कार्यान्वयनमा कुनै कसर बाँकी राखिने छैन। जथाभावी मदिरा सेवन गरेको र बिक्री गरेको पाइए कानुन बमोजिम कारवाही गरिने छ,’ प्रमुख जिल्ला अधिकारी केसीले भने। 

    मादक पदार्थ र लागूऔषध नियन्त्रणका लागि रणनीतिक योजना तयार भइसकेको तयारी समितिका सदस्य अभिराज क्षेत्रीले बताए। उनले रणनीतिक योजनाले मादक पदार्थ र लागूऔषध नियन्त्रण गर्न सहज हुने बताए। ‘ऐन र कानुनलाई टेकेर योजना बनाइएको छ, यसले जथाभावी मादक पदार्थ बिक्री र प्रयोगलाई निरुत्साहित गर्ने छ, लागूऔषध दुर्व्यसनलाई समेत नियन्त्रण गर्न सहयोगी भूमिका खेल्ने विश्वास छ,’ उनले भने।

सम्बन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
मुक्तिश्री टावर
नयाँ बानेश्वर, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: news@thahakhabar.com
फोन : ९७७-१- ४७८६५६२
बिज्ञापनः ad@thahakhabar.com
फोन : ९७७-१-४७८६१९८ ९८४१३०४३९१ (प्रेम) / ९८१८३४३६६९ (विनय)

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]