|

सुर्खेत : मानव अधिकार अवस्थालाई प्रभावकारी र सुदृढीकरण गर्नका लागि आइतबार सुर्खेतमा तराई मानव अधिकार रक्षक संजाल (थर्ड एलायन्स)को पहलमा अशोक राजीको संयोजकत्वमा १७ सदस्यीय मानव अधिकार रक्षक संजाल गठन गरिएको छ।

‘थर्ड एलायन्स’को पहलमा गठन गरिएको कार्यक्रमलाई सम्बोधन गर्दै थर्ड एलायन्सका उप क्षेत्रीय प्रमुख आलम खानले सरकारी कार्यालयबाट सम्पादन हुने क्रियाकलापलाई थप जवाफदेही बनाउनका लागि संजालले महत्त्वपूर्ण भूमिमका निर्वाह गर्ने बताए। 

उनले स्थानीय समुदायलाई अधिकार र कर्तव्यका बारेमा सचेतना दिलाउनका लागि हरेक जिल्लामा थर्ड एलायन्स संजाल गठन गरी रहेको बताउदै सुर्खेतमा भई रहेका मानव अधिकार उल्लघनका घटनाहरूको सुक्ष्म तरिकाले अनुगमन गरी राज्यलाई जवाफदेही बनाउन संजालले प्रभवकारी तरिकाले काम गर्ने छ भने थर्ड एलायन्सले महत्त्वपूर्ण भूमिका निर्वाह गर्ने जिकिर गरे।

थर्ड एलायन्सले सरकारी निकायहरू र संस्थाहरू सबैको विश्वास बढाउनुका साथै राज्यलाई उत्तरदायित्व बनाइ प्रदेश तथा स्थानीय स्तरमा हुन सक्ने विवादको जोखिमलाई न्यूनिकरण गर्नुका साथै विभिन्न तहहरूमा विद्यमान बहुसंख्यक तथा सामाजिक आर्थिक जटिलता र तिनीहरूको स्थानीय प्रदेशीक र संघीय तहमा अन्तर सम्वन्धलाई राम्रो बनाउनका लागि काम गरिरहेको छ।

संजाल गठन कार्यक्रममा बोल्दै गैर सराकारी संस्था महासंघ सुर्खेतका सचिव घनश्याम केसीले थर्ड एलायन्सले मानव अधिकार उल्लघनका घटनाहरुको अनुगमन गरी राज्यलाई जवाफदेही बनाउनका लागि गठन गरेको संजालले यस जिल्लामा भई रहेका विभिन्न घटनाहरूको स्थलगत अनुगमन गरी मानव अधिकार  मैत्री जिल्ला बनाउन भूमिका निर्वाह गर्ने बताए।

संजालको संयोजकमा अशोक राजी, सह–संयोजकमा गीता कोइराला, सचिव सर्मिला बिसी, सह–सचिव जगत दल जनाला बिक, सदस्यहरूमा प्रकाश अधिकारी, घनश्याम केसी, मिलन श्रेष्ठ, टेकेन्द्र विश्वकर्मा, अन्जली बिसी, जरमाया बाँढा, किमसरा खत्री, इन्द्रा सापकोटा, रीता सापकोटा, राजेन्द्र बान्तोला, भगवती आर्चाय, कमल लामिछाने, सृजना जिसीलगायत रहेका छन्। 

संजालका संयोजक अशोक राजीले सुर्खेतमा देखा परेका समस्याहरूलाई समाधानका लागि स्थानीय निकाय, सम्वन्धित सरोकारवालाहरूसँग समन्वय गरेर काम गर्ने बताए। कार्यक्रमको संजाल संजालकी सचिव सर्मिला बिसीले गरेकी थिइन् भने स्वगत संयोजक अशोक राजीले गरेका थिए। कार्यक्रमममा यूनिक नेपालका सुर्खेतका प्रतिनिधि सहदेब चौधरी, अधिकारकर्मी, पत्रकार, तेस्रो लिंगी, सामाजिक अभियन्ताहरूको सहभागिता रहेको थियो।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.