|

काठमाडौं : एउटा गैरकानुनी कम्पनीले मलेसिया जाने छ लाखभन्दा बढी गरिब नेपाली कामदारको अर्बौं रुपैयाँ ठगेको छ। ‘मलेसिया भिएलएन नेपाल’ नामक अनधिकृत कम्पनीले भिसा प्रोसेसिङ र भिसा संकलनका नाममा पछिल्लो साढे चार वर्षको अवधिमा छ लाख ३३ हजार ३६८ कामदारबाट दुई अर्ब ७१ करोड रुपैयाँभन्दा बढी ठगी गरेको हो।

मलेसिया भिएलएन नेपाल (वन स्टप सेन्टर–ओएससी)ले ०७० कात्तिक १ देखि नेपाली कामदारसँग अनधिकृत रूपमा शुल्क उठाइरहेको छ। ०७० असोजसम्म मलेसियाको अध्यागमन विभागले नेपाली नागरिकका लागि तोकेको भिसा शुल्कअनुसार ७०० रुपैयाँ तिरेर कामदारहरूले भिसा पाउँदै आएका थिए।

तर, ०७० कात्तिक १ देखि नेपालस्थित पासपोर्ट संकलनको काम भिएलएन नेपालले गर्न थाल्यो र भिसा शुल्क ७०० रुपैयाँबाट बढाएर तीन हजार ९ ०० पुर्‍यायो । ०७३ भदौ २७ देखि भिसा शुल्कमा पुनः वृद्धि गरेर ६ हजार ७०० रुपैयाँ कायम गरिएको छ ।

त्यसमाथि भदौ ०७४ यता भ्याटबापत भन्दै थप १३ प्रतिशत रकम बढाइएको छ। तर, मलेसियाको अध्यागमन विभागले नेपाली कामदारको भिसा शुल्क ७०० रुपैयाँ नै स्पष्ट उल्लेख गरेको छ। नेपालीले बुझाएको रकमबाट पनि मलेसिया दूतावासले पाउने ७०० रुपैयाँ मात्रै हो।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.