|

काठमाडौं : सैन्य मेसमा बंगुरको मासु पाकेको भाँडोमा पकाइएको खाना नखाने एक मुस्लिम प्युठलाई नेपाली सेनाले जागिरबाट निकालेको छ।

धार्मिक आस्था बचाउन दिएको राजीनामा अस्वीकृत गर्दै तालिममा खटाएको सेनाले पाँच महिनापछि तालिमकै अवधिमा ‘राजीनामा स्वीकृत भएको’ भन्दै उनलाई घर पठाएको छ।

१४ वर्षदेखि सेनामा कार्यरत मोहमम्द जाबिर खाँले सुँगुरको मासु पकाएको भाँडोमै पकाइएका परिकार खुवाएर आफ्नो धार्मिक आस्था बिटुल्याउन खोजेको भन्दै सैनिक मुख्यालय र राष्ट्रिय मानव अधिकार आयोगको क्षेत्रीय कार्यालय नेपालगन्जमा उजुरी दिएका छन्। दोषीहरूमाथि कारबाही हुनुपर्ने उनको माग छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.