|

पाल्पा : अविरल वर्षासँगै खसेको पहिरोले सिद्धार्थ राजमार्ग अवरुद्ध भएको छ। सोमबार बिहान २ बजेदेखि सडक अवरुद्ध भएको हो। सडक अवरुद्ध भएपछि सिद्धार्थ राजमार्ग हुँदै जाने सवारी साधन रोकिएकाले यात्रु बीचबाटोमै अलपत्र परेका छन्।

आइतबार रातिदेखि परेको अविरल वर्षासँगै पाल्पाको तिनाउ गाउँपालिका–३ हेडबक्स नजिकै माथिबाट पहिरो खसेपछि सडक अवरुद्ध भएको जिल्ला ट्राफिक कार्यालय पाल्पाका प्रमुख प्रविन आचार्यले जानकारी दिए। उनका अनुसार पहिरोसँग ठूल–ठुला चट्टान सडकबीचमा खसेका छन्।

बिहानैदेखि सडक खुलाउने प्रयास गरिएपनि अहिलेसम्म सुरु हुन सकेको छैन। ‘डोजर मगाएर पहिरो सफा गर्ने प्रयास गरे पनि सकिएन’ आचार्यले भने, ‘अहिले ठूलो स्काभेटर बुटवलबाट आउँदैछ।’ प्रहरीका अनुसार सडक सञ्चालनमा आउने करिब तीन घण्टा लाग्नेछ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.