राजनीति

ओलीज्यू, सेतोलाई कालो र कालोलाई सेतो भन्दैमा सत्य लुक्दैन : सांसद सिंह
SHARES

बैशाख ३१, २०७५

    काठमाडौं : नेपाली कांग्रेसका सांसद अमरेशकुमार सिंहले प्रधानमन्त्री केपी शर्मा ओलीको भारत भ्रमण र भारतका प्रधानमन्त्री नरेन्द्र मोदकी नेपाल भ्रमण पारदर्शी नभएको बताएका छन्।

    प्रधानमन्त्री ओलीले संसदलाई भ्रमणबारे पूर्ण जानकारी नदिएको पनि सिंहले आरोप लगाएका थिए। सिंहले दुवै भ्रमणले नेपालको राष्ट्रियता र स्वाभिमान विपरीत कार्य गरेको बताएका छन्। त्यस्तै यी भ्रमणमा नेपालका संस्थाहरूलाई कमजोर पार्ने काम भएको बताएका छन्।

    उनले परराष्ट्र मन्त्रालयले भ्रमणका क्रममा देखाएको तदारुकता र अरुण तेस्रोमा ऊर्जा मन्त्रालयलाई 'बाइकट' गरेकाले संस्थाहरूलाई कमजोर पार्ने र व्यक्ति बलियो पार्ने काम भएको बताए। उनले यसरी व्यक्तिलाई बलियो पार्दा फाँसिवाद आउने काम भएको बताए।

    सिंहले यी भ्रमणमा पञ्चेश्वर आयोजना, भारतको आयोजना कार्यान्वयनमा हुने ढिलाइ, कृति आजादको अभिकव्यति, प्रधानमन्त्रीका भेटमा परराष्ट्र मन्त्रालयले रेकर्ड नराख्नु लगायतका विषय नसमेटिएको बताए। उनले सीमानामा एसएसबीबाट हुने ज्यादतीबारे सरकार नबोलेको भन्दै आपत्ती जनाए।

    'प्रमको व्यक्तिगत प्रभाव पर्ला तर संस्थागत रुपमा कमजोर भएको छ। पारदर्शिता भएन यसले लोकतन्त्रलाई खत्तम गर्छ', उनले भने, 'प्रधानमन्त्रीज्यू, सेतोलाई कालो र कालोलाई सेतो भन्दैमा सत्य लुक्दैन।'

सम्बन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
मुक्तिश्री टावर
नयाँ बानेश्वर, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: news@thahakhabar.com
फोन : ९७७-१- ४७८६५६२
बिज्ञापनः ad@thahakhabar.com
फोन : ९७७-१-४७८६१९८ ९८४१३०४३९१ (प्रेम) / ९८१८३४३६६९ (विनय)

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]