|

काठमाडौं : प्रतिनिधिसभा सदस्य तथा कांग्रेस नेता डा. मिनेन्द्र रिजालले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको भारत भ्रमणको क्रममा शान्तिपूर्ण आन्दोलन गरेको पार्टीको कार्यालयमा आक्रमण गरिनु सह्य नभएको बताएका छन्। 

प्रतिनिधिसभा बैठकमा बोल्ने क्रममा डा. रिजालले संविधानमा नै शान्तिपूर्ण आन्दोलन गर्ने अधिकार हुँदा हुँदै यसरी आक्रमण गरिनु सह्य नभएको बताए। मोदी भ्रमणका क्रममा विवेकशील झापा पार्टीले मोदीलाई स्वागत छ तर नाकाबन्दी बिर्सेका छैनौँ भन्दै पार्टी कार्यालयमा विरोध स्वरूप ब्यानर टाँगेको थियो। संविधानमा विरोध गर्न मौलिक हक अन्तर्गत नै भएको भन्दै यसो गर्न नहुने बताए।

यस्तै, मोदी नेपाल आउनु राम्रो भए पनि स्वागतको शैली भने ठीक नभएको बताए। उनले भने,‘जनताले यत्रो लडेर गणतन्त्र ल्याए। राजा फाले र मोदीको स्वागतमा रूपान्तरित राजा आएको महसुश जनताले गरे।’

यस्तै, मोदीको भ्रमणको क्रममा प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले दिएको अभिव्यक्ति सरकारको भएको आरोप लगाएका छन्। उनले भने,‘ प्रधानमन्त्रीको पार्टीले समर्थन गरेको सरकारका मुख्यमन्त्रीले दिएको अभिव्यक्ति व्यक्तिगत होइन। यो सरकारको अभिव्यक्ति हो। रोस्टमबाट विरोध गर्ने कि केही जवाफ दिने?’

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.