|

काठमाडौं : साहित्यको उर्वर भूमि ओखलढुंगाका सर्जक विजयकान्त धमलाको पहिलो गीत 'हाँसिरहनु सधैँ तिमी' सार्वजनिक भएको छ। आइतबार राजधानीमा आयोजित कार्यक्रममा सार्वजनिक भएको यस गीतमा नवीन कार्कीले स्वर दिएका छन् भने लीला श्रद्धाको संगीत र सुदीप सागरको संगीत रहेको छ।

सन्नी रसाइलीलगायत टिमले अभिनय गरेको यो गीतमा प्रेमीले आफ्नी प्रेमिकालाई सधैँ हाँसिखुसी रहेको देख्‍न पाऊँ, दु:ख र आँसु  कहिल्यै देख्न नपरोस् भन्ने भाव झल्किएको छ।

 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.