|

गुल्मी : नागरिक उड्डयन प्राधिकरण (क्यान)का महानिर्देशक सञ्जिव रेग्मीको टोलीले गुल्मीमा निर्माणाधिन रेसुंगा विमानस्थलको निरिक्षण गरेको छ। एक दशकदेखि निर्माण सुरुभएपनि हालसम्म सम्पन्न भएको विमानस्थलको क्यानले स्थलगत अनुगमन गरेको हो।

स्थलगत  निरिक्षण पश्चात गौतमले गुल्मीको बिमानस्थलका बारेमा केन्द्रमा समेत कुराहरु आउन थालेको र दशकौं बित्दा समेत संचालनमा आउन नसकेकाले वास्तविक अध्ययनका लागि आएको जानकारी दिए। स्थलगत निरिक्षण पश्चात आउने शुक्रबार सम्ममा पाइलटहरु सहित  प्राबिधिक टोली पठाइने र सो टोलीको प्रतिबेदनका आधारमा  कार्य अगाडी बड्ने गौतमले बताए।

स्थलगत निरिक्षण टोलीमा सिभिल इन्जीनियरिङ बिभागका निर्देशक धुब्रदास भोचीभैया र भैरहवा अन्तराष्ट्रिय बिमानस्थलका आयोजना प्रमुख ओम शर्माको टोली रहेको साइड सब इन्जिनियर दिनेश परियारले जानकारी दिए। परियारका अनुसार बिमानस्थल जति सक्दो छिटो सञ्चालन हुने गरि कार्य अगाडी बढाइएको बताए। 

महानिर्देशक गौतम सहितको टोलीलाई निमार्णधिन बिमानस्थलमा उपभोक्ता समितिका अध्यक्ष मधुकृष्ण पन्त, रेसुङगा नगरपालिकाका प्रमुख डिल्लीराज भुसालले स्वागत गरेका थिए।  महानिर्देशक सहितको टोलीलाई स्वागत गर्दै नगरका प्रमुख डिल्लीराज भुसालले जेठ महिनाको सुरुवातमै परिक्षण उडान सुरु गर्नका लागि आग्रह गरे। भुसालले बजेट अभाब हुन नदिने भन्दै दशकांै अगाडि देखिको गुल्मेलीहरुको जहाज चढ्ने सपनालाई अब पुरा गर्नु पर्नेमा जोड दिएका छन्।

भुसालका अनुसार नगरले बिमानस्थल निर्माणका लागि १० लाख बिनीयोजन गरेकाले बजेटको अभाब हुन नदिने तर बिमानस्थल संचालनमा आउनु पर्ने बताए। गुल्मीबाट बिमानस्थल संचालनका लागि यात्रुहरुको अभाब हुने प्रसङग चलिरहेका बेला रेसुङगा नगरपालिका वडा नं १० का अध्यक्ष पदम अर्यालले यात्रुको अभाब नहुने बताउँदै पहिले नै टिकट बुकिङ गर्नुपर्ने अबस्था सृजना हुने दाबी गर्दै छिट्टै परिक्षण उडान गर्न आग्रह गर ।  बिमानस्थल निर्माण लागि हालसम्म झण्डै १२ करोड रुपैयाँ खर्च भइसकेको समितिले जनाएको छ। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.