|

संखुवासभा : जिल्लाको मकालु गाउँपालिका नुम ५ बाट  दुर्लभ वन्यजन्तु सालकको खपटासहित एक व्यक्ति पक्राउ परेका छन्। सदरमुकाम खाँदबारीबाट हेदाङना जाँदै गरेका  भोटखोला गाउँपालिका-३ का जिम्पा तेन्जिङ भोटे पक्राउ परेका हुन्। शंकास्पद अवस्थामा नुम बजारको ट्याक्सी स्टेन्डबाट पक्राउ गरी खानतलासी गर्दा उनको साथमा दुई केजी ५०० सय ग्राम सालकको खपटा भेटिएपछि उनलाई पक्राउ गरिएको जिल्ला प्रहरी संखुवासभाले जनाएको छ।

उनले दुर्लभ वन्यजन्तुको खपटा किमाथांका नाका चीनतर्फ लगेको हुन सक्ने जिल्ला प्रहरी कार्यालय खाँदबारीका प्रहरी निरीक्षक वेदप्रसाद गौतमले बताए। उनलाई आवश्यक कारबाहीको लागि जिल्ला वन कार्यालयको जिम्मा लगाइसकिएको प्रहरीको भनाइ छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.