मनोरञ्जन

'चङ्गा' ट्रेलर रिलिज
SHARES

बैशाख ३१, २०७५

    काठमाडौं : जेठ २५ गतेबाट प्रदर्शनमा आउने फिल्म 'चङ्गा'को ट्रेलर रिलिज गरिएको छ। सोमबार राजधानीमा एक कार्यक्रमको आयोजना गर्दै फिल्मको ट्रेलर सार्वजनिक गरिएको हो। कमेडी संवाद तथा दृष्यलाई बढि प्राथमिकता दिइएको ट्रेलरमा फिल्मका प्राय: कलाकार फिचरिङ छन्।

    एक वास्तविक कथामा आधारित रहेर निर्माण भएको फिल्मलाई किशोर भण्डारी (डिट्ठा साप)ले निर्देशन गरेका छन्। कमेडी जनरामा तयार भएको फिल्ममा बुद्धि तमाङ, अंकित खड्का, लक्ष्मी बर्देवा रेश्मा तिमल्सिना, कमलमणि नेपाल, प्रेमवर्षा शाह, जीवन भट्टराई, राजन खतिवडा र लक्की भण्डारीलगायतको अभिनय रहेको छ।

    पक्रु पाण्डे कार्यकरी निर्माता रहेको फिल्ममा निर्देशक भण्डारीकै कथा समावेश छ। रवीन आचार्यले खिचेको फिल्मलाई रेश्मा तिमल्सिनाले निर्माण गरेकी हुन्। फिल्ममा कमल खत्री र राजनराज सिवाकोटीको संगीत रहेको छ।

    हेर्नुहोस् ट्रेलर :

सम्बन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
मुक्तिश्री टावर
नयाँ बानेश्वर, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: news@thahakhabar.com
फोन : ९७७-१- ४७८६५६२
बिज्ञापनः ad@thahakhabar.com
फोन : ९७७-१-४७८६१९८ ९८४१३०४३९१ (प्रेम) / ९८१८३४३६६९ (विनय)

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]