|

सुनसरी : छोरी जन्माएको निहुँमा घर निकाला भएकी १३ वर्षीया किशोरी ममता मरिकलाई थप उपचारका लागि काठमाडौं लगिएको छ। इनरुवा अस्पतालमा नवजात शिशुसहित निःशुल्क उपचारमा रहेकी ममतालाई अधिकारवादीहरुको पहलमा ओसिएमसी इनरुवाले थप उपचारका लागि काठमाडौं पठाएको छ।

ममतालाई ललितपुरमा रहेको पोषण तथा स्याहार केन्द्रको जिम्मा लगाउने गरी पठाइएको इनरुवा अस्पतालमा रहेको ओसिएमसी फोकल पर्सन मीना भण्डारीले जानकारी दिइन्। उक्त संस्थाले कुपोषित बच्चा र आमाको उपचारसहित खानपानको निःशुल्क व्यवस्था गर्नेछ।

साथै महिला अधिकारकर्मीहरुले ममताको पक्षमा कानुनी प्रक्रियासमेत अघि बढाउने भएका छन्। ममतालाई उहाको श्रीमानसहित परिवारका सदस्यले छोरी पाएको निहुँमा ज्यान मार्ने धम्की दिँदै सिरहाको गोलबजारमा रहेको घरबाट लखेटेका थिए। बालबिवाह गरिएकी ममता गोलबजारका प्रकाश मरिककी कान्छी श्रीमती हुन्। प्रकाशका जेठी श्रीमती र दुई छोराछोरी हुँदाहुँदै अभिभावकले ममताको बालबिवाह गरिदिएको थियो।

यस्तो थियो घटना

सुनसरी इनरुवा निवासी १३ वर्षीया किशोरी ममता मरिक छोरी जन्माएकको निहुमा घर निकाला भएकी थिइन्। एक वर्षअघि घरपरिवारबाटै बालविवाह गराइएकी ममता एक साता इनरुवा अस्पतालको शय्यामा बसिन्। एक वर्षअघि सिरहाको गोलबजार घर भएका प्रकाश मरिकसँग विवाह गरेकी ममता छोरी जन्माएपछि पारिवारिक हिंसाको सिकार भएकी हुन्। छोरी जन्माएको भन्दै श्रीमान् र परिवारका सदस्यले ज्यान मार्ने धम्की दिएको बताउने पीडित ममताले आफूलाई खान लाउन नदिई घर निकाला गरेको बताउँछिन्।

आफूलाई श्रीमान सहित परिवारका सदस्य मिलेर घरबाट लखेटेको उनको दाबी छ। ममताका बाबु ढोगाई मरिकले आफ्नो परिवारको आर्थिक अवस्था राम्रो नभएकाले आमा र बच्चाको हेरचाह र खानपिन तथा उपचार गराउन नसक्ने बताउँछन्। वालविवाहको पीडा भोगेकी ममता उनको श्रीमान र परिवारका सदस्यले घर निकाला गरिदिएपछि थप समस्यामा परेकी हुन्।

छोरी जन्माएको निहुँमा परिवारले घर निकाला गरिदिएपछि ममतासँगै काखे बालिका बिचल्लीमा परेका थिए। एक सातासम्म उनी सुनसरी जिल्ला अस्पताल इनरुवाको बेडमा काखे बालिकासहित सहाराको पर्खाइमा थिइन। अस्पतालले भर्ना भएदेखि आमा र शिशूको उपचार निःशुल्क गर्दै आएको थियो।

डाक्टरका अनुसार ममताले जन्माएको शिशू जन्मजात कुपोषित छ। शिशुको स्याहार–सुसार गर्ने आफन्त नआइदिँदा झनै समस्या भएको थियो। उपचारमा संलग्न स्वास्थ्यकर्मीको भनाइ अनुसार आमाको उमेर अपरिपक्व भएकाले बच्चालाई खुवाउने दूधसमेत पर्याप्त आउन सकेको छैन।

छोरी जन्माएको निहुँमा घर निकाला भएकी किशोरीको बिचल्ली 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.