|

काठमाडौं : नेपाली युवतीलाई विभिन्न प्रलोभनमा पारी भारतको दिल्लीस्थित एक अपार्टमेन्टमा यौनधन्दा चलाउने गिरोहका एक जना पक्राउ परेका छन्। पक्राउ पर्नेमा अर्घाखाँची शीतगंगा नगरपालिका- २ का रमेश खत्री रहेका छन्।

उनलाई केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी)को टोलीले शुक्रबार पक्राउ गरेको हो। खत्रीले १३ वर्षदेखि नेपाली युवतीहरूलाई विभिन्न प्रलोभनमा पारी दिल्ली पुर्‍याउने र यौनधन्दामा लागाउने गरेको केन्द्रीय अनुसन्धान ब्युरो सिआइबीका प्रवक्ता प्रहरी उपरीक्षक बुद्धिराज गुरुङले जानकारी दिए।

उनलाई सोमबार अदालतबाट मानव बेचबिखन तथा ओसारपसार मुद्दामा सात दिनको म्याद थप गरी अनुसन्धान थालेको गुरुङले बताए। यसरी नेपाली युवतीलाई प्रलोभनमा पारी दिल्ली पुर्‍याउने गिरोह नै सक्रिय रहेको प्रहरीले जनाएको छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.