|

काठमाडौं : प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको भ्रातृ संगठन नेपाल विद्यार्थी संघले रचनात्मक कार्यमा लाग्न इकाईहरूलाई निर्देशन दिएको छ। यही निर्देशनअनुसार नेविसंघ नेपाल इन्जिनियरिङ क्याम्पस इकाईले 'जय नेपाल कप' सुरु गर्ने भएको छ।

यसै वर्षदेखि सुरु गर्न लागिएको जय नेपाल  कपअन्तर्गत फुटवल प्रतियोगिता गर्न लागिएको नेविसंघ इन्जिनियरिङ क्याम्पस इकाईले जनाएको छ। जेठ २७ गतेबाट इन्जिनियरिङ क्याम्पसको आयोजनामा कलेजस्तरीय फुटवल प्रतियोगिता गर्न लागिएको हो। 'स्वस्थ देश निर्माणका लागि स्वस्थ युवा, स्वस्थ युवाका लागि खेलकुद' भन्ने नारासहित बुद्धि विकास खेलकुद मन्डल लगनखेलमा प्रतियोगिता गर्न लागिएको जनाइएको छ। 

इकाई संयाेजक नन्दकिशोर बमका अनुसार प्रथम हुने टिमलाई नगद दुई लाख र दोस्रो हुने टिमलाई नगद एक लाख रुपैयाँ पुरस्कार राखिएको छ।
विभिन्न विधाका उत्कृष्ट खेलाडीलाई नगदसहित ट्रफी र प्रमाणपत्र व्यवस्था गरिएको छ। 

यसरी विभिन्न किसिमका खेल तथा अन्य प्रतियोगिताहरू गर्दा विद्यार्थीमा रचनात्मक कार्यप्रति ध्यान जाने बताउँछन् नेविसंघ केन्द्रीय सदस्य पदम भट्टराई। उनले विद्यार्थी संगठनहरूले मात्र नभई सरकारले समेत यस्ता कार्यक्रम आयोजनाका लागि बजेट छुट्याउनुपर्ने बताए।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.