|

काठमाडौं : यातायात व्यवस्था विभागले देशका छ ठाउँबाट सवारी चालक अनुमतिपत्र (स्मार्ट लाइसेन्स) नवीकरण गर्ने भएको छ। लाइसेन्स नवीकरण गर्न सेवाग्राहीले घण्टौं धाउनुपर्ने बाध्यता हटाउन विभागले छ स्थानबाट चालक अनुमतिपत्र नवीकरण गर्ने भएको हो।

यातायात व्यवस्था विभागका प्रवक्ता तुलसीराम अर्यालले पहिलोपटक कोसी अञ्चल यातायात व्यवस्था कार्यालय इटहरीबाट हुँदै आएको सवारी अनुमतिपत्र नवीकरणको काम विराटनगरस्थित सेवा कार्यालयबाट सुरु गरेको जानकारी दिए।

विभागले इलाम, बर्दिबास, भरतपुर, सुर्खेत र डडेलधुरामा पनि तत्काल सवारी अनुमतिपत्र नवीकरण गर्ने तयारी गरेको प्रवक्ता अर्यालले बताए।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.