|

उपाधि दाबेदार मानिएको ब्राजिलले विश्वकप नजिकिएसँगै राष्ट्रिय टिमको घोषणा गरेको छ। ब्राजिलले नेयमारको कप्तानीमा विश्वप्रसिद्ध खेलाडीहरूलाई टिममा सहभागी गराउँदै २३ सदस्यीय टिमको घोषणा गरेको हो।

यद्यपि अघिल्लो साता चोटग्रस्त रहेका डेनी अल्वास भने टिममा पर्न असफल भएका छन्। टिम म्यानेजर टिटेले २३ सदस्यीय टिमको घोषणा गरेका हुन्। उनले टिमको अभ्यास र तयारी विश्वकपका उपाधिका लागि हुनुपर्ने भएकाले टिम घोषणा गरेर नै खेलाडीलाई 'एक्सपोज' गर्ने बताएका छन्। ब्राजिलियन टिममा डेभिड लुइस, ओस्कार, एलेक्स सान्ड्रो लगायतले टिममा स्थान बनाउन असफल भए।

यस्तो छ ब्राजिलियन टिम–

गोलरक्षक– एलिससन (रोमा), इडरसन(म्यानचेस्टर सिटी), कासियो(कोरिन्थियन्स)

सेन्टर ब्याक– मार्कुइनोस (पीएसजी), थियोगो सिल्भा (पिएसजी), मिरन्डा (इन्टरमिलान), पेड्रो जरोमेल (ग्रिमियो)

मिडफिल्डर– विलियन (चेल्सी), फर्नान्डीन्हो (म्यानचेस्टर सिटी), पाउलीन्हो (बार्सिलोना), कासिमिरो (रियल म्याड्रिड), फिलिप कउटिन्हो (बार्सिलोना), रेनाटो अउगुस्टो (बेइजिङ गुओन), फ्रेड (शख्तर)

फरवार्ड– नेयमार (पीएसजी), गाव्रियल जेसस (म्यानचेस्टर सिटी),रोर्वटो फिरमिन्हो (लिभरपुल),डोउग्लास कोस्टा (युभेन्टस), टाइसन (शख्तर)।


 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.