|

अमेरिकाले इजरायलको तेल अभिभबाट दूतावास जेरुसलम सार्नु केही घण्टाअघि इजरायली सेना र प्यालेष्टाइनीबीच भएको झडपमा कम्तीमा ५५ जना मारिएका छन्।

गाजामा एकजना १२ वर्षीय बालकसहित प्रदर्शनकारीलाई इजरायली सेनाले गोली हानेर मारेको प्यालेष्टाइनले जनाएको छ। प्यालेष्टाइनी अधिकारीहरुका अनुसार घटनामा २७ सयभन्दा बढी घाइते भएका छन्।

इजरायली सेनाले भने ३५ हजार प्यालेष्टानी सीमामा जम्मा भएर हिंसा मच्चाएपछि आत्मरक्षाका लागि कदम चालेको दाबी गरेको छ। प्यालेष्टाइनी नेताले घटनालाई नरसंहार भनेका छन् भने संयुक्त राष्ट्रसंघका प्रवक्ताले चरम मानवअधिकार उल्लंघन भनेका छन्। जेरुसलममा अमेरिकी दूतावास सार्ने विवादास्पद निर्णयको प्यालेष्टाइनले विरोध गर्दै आएको थियो।

इजरायल र गाजा सीमा क्षेत्रमा केही हप्तादेखि व्यापक विरोध प्रदर्शन भैरहेको थियो। प्रदर्शनको नेतृत्व गाजाको इस्लामवादी शासक हमासले गरिरहेको छ।प्यालेष्टाइनले अमेरिकी कदमलाई जेरुसलममाथि इजरायलको समर्थनको रूपमा हेरेको र त्यहाँको पूर्वी क्षेत्रमाथि दाबी गर्दै आएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.