|

हुम्ला : कोष तथा लेखा नियन्त्रक कार्यालय हुम्लाले सोमबारदेखि विद्युतीय प्रणालीबाट रकम भुक्तानी सुरु गरेको छ। सरकारले चालु आर्थिक वर्षभित्रै सबै जिल्लामा विद्युतीय भुक्तानी सेवा दिन निर्देशन दिएपछि हुम्लामा उक्त सेवा सुरु भएको हो।

कार्यालयले जिल्ला प्रशासन कार्यालय हुम्लाको स्थानीय शान्ति समितिका अधिकृत देवकी ऐडीको तलब विद्युतीय प्रणालीबाट भुक्तानी गरी सेवा सुरु गरेको कोेष तथा लेखा नियन्त्रक कार्यालय हुम्लाका लेखा अधिकृत रामकृष्ण बुढाले जानारी दिए। विद्युतीय भुक्तानी सेवाअन्तर्गत सरकारी कार्यालयले भुक्तानी गर्ने रकम कोष तथा लेखा नियन्त्रण कार्यालयले सम्बन्धित व्यक्ति, संस्था तथा कार्यालयको बैंक खातामा राखिदिने गर्दछ। अहिलेसम्म सरकारी कार्यालयले व्यक्ति, संघसंस्था वा कार्यालउलाई एकल खाता कोष प्रणालीमार्फत भुक्तानी गर्दै आएको थियो।

यस सेवका लागि व्यक्ति, संघसंस्था वा कार्यालयलाई दिइने भुक्तानी आदेशको अनलाइन तथा लिखित कागजपत्र कोष तथा लेखा नियन्त्रण कार्यालयमा पेश गरेको कागजपत्र प्रमाणित गरेपछि सम्बन्धित पक्षको रकम बैंकमा जम्मा गरिने लेखा अधिकृत बुढाले बताए।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.