अर्थ

डोल्पाका पाटनहरूमा यार्सागुम्बा टिप्न सुरु, एक महिना खुला रहने
SHARES

जेठ १, २०७५

    डोल्पा : डोल्पाको पाटनमा यार्सागुम्बा टिप्न खुला गरिएको छ। यार्सागुम्बाका लागि मंगलबारदेखि असार १ गतेसम्म खुला गरिएको से–फोक्सुण्डो राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत रामदीप चौधरीले जानकारी दिए। 

    निकुञ्जको मध्यवर्ती क्षेत्रका स्थानीयलाई एक हजार, डोल्पा जिल्लाका बासिन्दालाई दुई हजार पाँच सय र जिल्ला बाहिरका यार्सा टिप्न जानेलाई इजाजत बापत तीन हजार पाँच सय रुपैयाँ शुल्क लिएर पाटनहरुमा जान अनुमति दिइएको प्रमुख संरक्षण अधिकृत चौधरीले बताए। यार्सा डोल्पाका नागरिकको प्रमुख आयआर्जनको स्रोत हो। 

    जिल्लावासीहरु एक महिनाका लागि खाने बस्ने सामलसहित घरमा ताला लगाएर पाटनतर्फ जाने क्रम शुरु भएको छ। चौधरीका अनुसार इजाजत लिएर जानेको लर्को लागेको छ। विद्यालयहरु समेत बन्द गराएर शिक्षक र विद्यार्थी पनि पाटनतर्फ लागेका छन्। डोल्पामा नेपालकै बढी र गुणस्तरीय यार्सागुम्बा पाइने निकुञ्जले जनाएको छ। डोल्पामा पाइने एउटा यार्साको मूल्य १२ सय रुपैयाँसम्म पर्छ। 

    एक सिजनमा प्रतिव्यक्तिले दुई लाखसम्म आम्दानी गर्छन्। डोल्पाको जगदुल्ला, कागमारा, ठागेँ, रुपपाटन, नावरपानी, सागरपाटनलगायतका स्थानमा यार्सागुम्बा पाइन्छ। यार्सा संकलनका लागि जानेहरुको सुरक्षाका लागि नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरी गरी तीन वटै सुरक्षा निकायका टोली खटिएका निकुञ्जले जनाएको छ।  

सम्बन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
मुक्तिश्री टावर
नयाँ बानेश्वर, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: news@thahakhabar.com
फोन : ९७७-१- ४७८६५६२
बिज्ञापनः ad@thahakhabar.com
फोन : ९७७-१-४७८६१९८ ९८४१३०४३९१ (प्रेम) / ९८१८३४३६६९ (विनय)

थाहा मिडिया ग्रुप

थाहा गणितको शुत्र होइन । कुनै मन्त्र पनि होइन । थाहा त चेतनाको त्यो झिल्को हो जसले हाम्रो दृष्टिलाई फराकिलो बनाउंँछ, हाम्रो विचारलाई उघारो बनाउँछ, हाम्रो कामलाई ठिक बनाउँछ र हाम्रो जीवनलाई थप सहज बनाउँछ । थाहा एउटा प्रकृया हो ... [विस्तृत]