अर्थ

कपिलवस्तुका चार सय ४४ सहकारी स्थानीय निकायलाई हस्तान्तरण
SHARES

जेठ १, २०७५

    कपिलवस्तु : कपिलवस्तुमा रहेका चार सय ४४ सहकारी स्थानीय तहलाई हस्तान्तरण गरिएको छ। डिभिजन सहकारी कार्यालय कपिलवस्तुले सदरमुकाम तौलिहवामा आयोजित एक कार्यक्रमका बीच सहकारी हस्तान्तरण गरेको हो।

    संविधानले स्थानीय तहमा सहकारी सञ्चालन गर्ने अधिकार दिएअनुरुप सहकारी संस्थाको नियमन र सहयोग गर्ने उदेश्यले अभिलेख हस्तान्तरण गरिएको छ। विगतमा सहकारी डिभिजन कार्यालय कपिलवस्तु मार्फत नियमन भइरहेको सहकारी संस्थालाई सम्बिन्धत स्थानीय तहहरुलाई अभिलेख हस्तान्तरण गरिएको हो। 

    सहकारी संस्था दर्ता, खारेजी, परिक्षण, क्षमता अभिबृद्धि लगायतका कामहरु सबै स्थानिय तहले गर्नेगरी अभिलेख हस्तान्तरण गरिएको डिभिजन सहकारी कार्यालय कपिलवस्तुका प्रमुख ऋषिराम पौडेलले बताए। जिल्ला समन्वय समिति प्रमुख नारायणप्रसाद खनालले सहकारीको अभिलेख १० वटै स्थानीय तह प्रमुख÷उपप्रमुख एवं प्रमुख प्रशासकीय अधिकृतलाई अभिलेख हस्तान्तरण गरे।

    सो अवसरमा प्रमुख खनालले देशको आर्थिक विकासमा महत्वपुर्ण भुमिका खेलेको सहकारीलाई अझ सशक्त बनाउन स्थानीय निकायले ठोस भुमिका खेल्नु पर्ने बताए। ‘सहकारीलाई थप ब्यवस्थित बनाउन स्थानीय निकायले अध्ययन गरी नियम कानुन बनाउनुपर्छ,’ उनले भने।

    डिभिजन सहकारी कार्यालय कपिलवस्तुका अनुसार जिल्लामा सबैभन्दा बढी बाणगंगा नगरपालिकामा ६१ सहकारी संस्था रहेका छन्। यस्तै बुद्धभुमी नगरपालिकामा ५६, कपिलवस्तु नगरपालिकामा ५५, मायादेबी गाउपालिकामा ५४, शिवराज नगरपालिकामा ५६, शुद्धोधन गाउपालिकामा ४० सहकारी संस्था छन। यसैगरी यशोधरा गाउपालिकामा ४१, कृष्णनगर नगरपालिकामा २८, महाराजगंज नगरपालिकामा ३९ सहकारी संस्था छन्। 

सम्बन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
मुक्तिश्री टावर
नयाँ बानेश्वर, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: news@thahakhabar.com
फोन : ९७७-१- ४७८६५६२
बिज्ञापनः ad@thahakhabar.com
फोन : ९७७-१-४७८६१९८ ९८४१३०४३९१ (प्रेम) / ९८१८३४३६६९ (विनय)

थाहा मिडिया ग्रुप

थाहा गणितको शुत्र होइन । कुनै मन्त्र पनि होइन । थाहा त चेतनाको त्यो झिल्को हो जसले हाम्रो दृष्टिलाई फराकिलो बनाउंँछ, हाम्रो विचारलाई उघारो बनाउँछ, हाम्रो कामलाई ठिक बनाउँछ र हाम्रो जीवनलाई थप सहज बनाउँछ । थाहा एउटा प्रकृया हो ... [विस्तृत]