|

काठमाडौं : फिल्म 'एउटा यस्तो प्रेम कहानी'को ट्रिजर सार्वजनिक भएको छ। मंगलबार राजधानीमा एक कार्यक्रमको आयोजना गर्दै फिल्मको ट्रिजर सार्वजनिक गरिएको हो। आयुशमान देशराज जोशी, संजोग कोइराला, प्रियंका कार्की, वर्षा राउतलाई मुख्य भूमिकामा फिचरिङ गरिएको ट्रिजर 'एक्सन प्याक'ले भरिपूर्ण छ। ट्रिजरमा शिव श्रेष्ठ पनि देखिएका छन्।

शिव श्रेष्ठको प्रस्तुतिमा निर्माण भएको यस फिल्मलाई दिपेश सापकोटाले निर्देशन गरेका छन्। फिल्ममा यशोदा राई र दिनेश दर्शनधारीको लगानी रहेको छ।

शिव श्रेष्ठको आफ्नै कथा रहेको यस फिल्ममा नायिका करिश्मा मानन्धरकी छोरी कविता मानन्धर र शिव श्रेष्ठका छोरा शक्ति श्रेष्ठको पनि मुख्य भूमिका रहनेछ। उनीहरू दुवैले यसै फिल्मबाट डेब्यु गर्दै छन्। हाल छायांकनरत यस फिल्मको प्रदर्शन मिति भने तय भएको छैन।

हेर्नुहोस् ट्रिजर :

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.