|

काठमाडौं : फिल्म 'यात्रा अ म्युजिकल भ्लग'को छायाँकन सुरु भएको छ। मंगलबार राजधानीको कमलादीमा रहेको गणेस्थानमा पूजा गर्दै फिल्मको छायाँकन प्रारम्भ गरिएको हो। मंगलबार फिल्मको छायाँकन गणेस्थान वरपर र गहनापोखरी वरपर गरिएको छ।

फिल्मका निर्माता केशव भट्टराई र सुशील पोखरेल, निर्देशक सम्राट शाक्य, कलाकारहरु सलिनमान बनिया र सलोन बस्नेत, सिनेम्याटोग्राफर संजय लामाले पुजा गरेर फिल्मको छायँकन सुरु गरेका हुन्। निर्माण घोषणा हुदा नदेखिएका निर्माता सुशील पोखरेल अहिले यस फिल्ममा निर्माताको रुपमा रहेका छन्।

डेब्यु फिल्म ’ए मेरो हजुर २’ मार्फत नै नोटिस भएका सलिनमान बनिया यस फिल्मका मुख्य कलाकार हुन्। फिल्ममा उनिसँगै सलोन बस्नेत, जान्वी बस्नेत, जयनन्द लामा, रेअर राई, प्रेक्षा बज्राचार्य, धिरेन शाक्य, राजाराम पौडेल, विशाल कटवाल, समृद्धि राई, योगेश जंग कुँवर, इश्वर पौडेल, नानीकाजी डंगोल, राजेश बिसुराल, इश्वर पौडेल, बिशाल पहाडी, प्रजोल भट्टराई, देशभक्त खनाल, कमल मैनाली, सौगातशर्मा लगायतको अभिनय रहनेछ।

यसै फिल्म मार्फत मल्लिका महतले डेब्यु गर्दैछिन् भने यसमा विदेशी कलाकारहरु चाइनाका जुन झाङ र केन्याका बबीको पनि अभिनय रहनेछ। फिल्ममा बालकलाकारको रुपमा पछिल्लो समय युट्युबमा चर्चा रहेका अंकित संग्रौला र एन्जल राई रहेका छन्।

फिल्मलाई जर्नी लभ स्टोरी भनिएको छ भने यसमा यात्राले ल्याउने परिस्थितिलाई देखाइनेछ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.