|

काठमाडौं : खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले जेठ महिनाभर खाद्य स्वच्छताका लागि अभियान सुरु गरेको जनाएको छ। १० वर्षअघिबाट खाद्य स्वच्छता दिवस मनाउन थालेको विभागले गत वर्षबाट स्वच्छता महिना पनि सुरु गरेको हो।

विभागमा महानिर्देशक सञ्‍जीव कर्णले देशभर एक साथ स्वच्छताका लागि अनुगमन तथा जनचेतनामूलक कार्यक्रम आयोजना गरिएको बताए। साथै एक मूल समिति र २५ उपसमिति बनाएर अघि बढाइएको कार्यक्रमअन्तर्गत उपभोक्ता भेला, होटल रेष्टुरेन्ट तथा मिठाइ पसलमा अनुगमनका साथै राम्रो खाद्य उद्योगलाई सम्मान गर्ने कार्यक्रम पनि राखिएको छ।

'हामी सबैको सरोकार : खाद्य स्वच्छता र गुणस्तर' नारा दिइएको कार्यक्रममा आयात र निर्यात हुने भन्सार विन्दुहरूमा खाद्य स्वच्छता र गुणस्तरसम्बन्धी सचेतना कार्यक्रम पनि संचालन गरिने जनाइएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.