|

काठमाडौं : काठमाडौं महानगरीय प्रहरी परिसरमा प्रमुख भएर आएको चार महिना नपुग्दै वरिष्ठ प्रहरी उपरीक्षक (एसएसपी) विश्वराज पोखरेललाई हटाउन चलखेल शुरु भएको छ। उनलाई हटाएर आफू काठामाडौ‌ प्रहरी प्रमुख बन्न एसएसपी बशन्त लामा, हरिबहादुर पाल, उत्तमराज सुवेदी, शक्तिकेन्द्र  धाइरहेका छन्। हाल पाल कोसी अञ्चल प्रहरी प्रमुख छन्, त्यस्तै सुवेदी बुटवल प्रहरी तालिम केन्द्रमा कार्यरत छन् भने लामा प्रहरी प्रधान कार्यालयमा कार्यरत छन्। लामा चर्चित ३३ किलो सुन तस्करी र सनम हत्या घटना छानविन समितितका सदस्य समेत हुन्।

तीनैजना आकांक्षीहरु मध्ये पाल प्रधानमन्त्री कार्यालय मार्फत आफू काठमाडौ‌ प्रहरी प्रमुख बन्न लबिङमा रहेका छन् भने,लामा गृहमन्त्रालय मार्फत काठमाडौं प्रहरी प्रमुख बन्ने दाउमा रहेका छन्। उत्तम सुवेदी समेत माओवादी पार्टीका एक जना नेता मार्फत काठमाडौं प्रहरी प्रमुखको दाउमा रहेको स्रोतको भनाई छ। पोखरेललाई सरुवा गर्न प्रधानमन्त्री कार्यलयबाट नै दवाब बढेको गृहमन्त्रालय स्रोतको भनाई छ। गृहमन्त्रालय स्रोतले भन्यो ‘गृहमन्त्रीको कारणले मात्र सरुवा प्रकृया रोकिएको हो, नत्र आजसम्म काठमाडौ प्रहरी प्रमुख फेरिइ सक्थ्यो।'  

गृन्त्रालयका अनुसार प्रधानमन्त्री कार्यालयले पोखरेलको ठाँउमा वरिष्ठ प्रहरी उपरीक्षहरु हरिबहादुर पाललाई ल्याउन गृहलाई दवाद दिइरहेको छ। प्रधानमन्त्री कार्यालयले प्रहरी उपरीक्षक (एसपी) को सरुवामा समेत हस्तक्षेप गरेको गृहको गुनासो छ।

पोखरल काठमाडौं प्रहरी प्रमुख भए संगै तस्कर, गुण्डा र खराब व्यक्तिहरूको सूची नै तयार पारेर कारबाही अगाडि बढाएका छन्। कतिपय उच्च प्रहरी स्रोतका अनुसार पोखरेललाई कुनै कारणबिना सरुवा गर्नुको पछाडि तस्कर र गलत नियत भएका व्यवसायीहरुको समुह लागेको छ। पोखरेललाई काठमाडौंबाट हटाउनको लागि कतिपय एमाले नेताहरू समेत लागेका छन्।

पोखरेल पूर्व डिआइजि एवं नेकपा एमाले ललितपुर क्षेत्र नम्बर एकका सांसद नवराज सिलवालले आइजिपी हुन सर्वोच्चमा पेश गरेको प्रमाण पत्र किर्ते अभियोग छानबिनमा असहयोग गरेको भन्दै तत्कालिन काठमाडौं प्रहरी प्रमुख एसएपी रबिन्द्र धानुक सरुवा भए पछि ०७४ माघ २९ मा काठमाडौं प्रहरी प्रमुखका रुपमा आएका थिए।

पोखरेल काठमाडौं प्रहरी प्रमुख भएसंगै प्रहरीले सिलवालको किर्ते मुद्धासम्बन्धी राय सरकारी वकिल कार्यालय बुझाएका थिए। तीन महिनादेखि सरकारी वकिल कार्यायमै थन्किएको सिलवालको फाइल समेत वकिल कार्यालयले प्रहरी परिसर काठमाडौंमै फर्काउने तयारी गरेको छ।

सरुवाका विषयमा एसएसपी पोखरेललाई सोध्दा उनले आफू निष्पक्ष तवरले काममा खटिएको हुँदा यस विषयमा आफूलाई केही जानकारी नभएको बताए।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.